• Wednesday, May 21, 2025

सर्वोच्च अदालतको आदेशः शर्मालाई तत्काल पुनःबहाली गर

Supreme Courtकाठमाडौँ, पुस २३ गते । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनबाट बर्खास्तीमा परेका प्रा.डा.शशी शर्मालाई सर्वोच्च अदालतले आज पुनःबहाली गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज चार वर्षपछि चार दिनका लागि पुनःबहाली गर्न आदेश दिएको हो । त्रिवि कार्यकारी परिषद्को २०७० साल पुस २५ गते बसेको बैठकले प्रा.डा.शर्मालाई २०७० साल पुस २८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि अर्थात् ०७४ साल पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो ।

परिषद्कै २०७० साल पुस २९ गते बसेको बैठकले प्रा.डा.शर्माको नियुक्ति बदर गरी प्रा.डा.राकेशप्रसाद श्रीवास्तवलाई नियुक्ति गरेपछि शर्मा न्यायका लागि ०७० साल फागुन १ गते सर्वोच्च अदालत गरेका थिए ।

शर्माको नियुक्तिलाई बदर गरेपछि वरिष्ठताका आधारमा श्रीवास्तवलाई डिन नियुक्ति गरिएको थियो । श्रीवास्तवले राजीनामा दिएपछि प्रा.डा.जगदीशप्रसाद अग्रवाललाई डिन नियुक्ति गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter