• Friday, May 02, 2025

अदालतले अवहेलना मुद्दामा डा. केसी पक्राउ

dr_govindaकाठमाडौँ, २४ गते । प्रहरीले प्रा. डा. गोविन्द केसीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । उनलार्इ प्रहरी परिसर टेकु लगेकाे छ ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसनमा बस्दै थिए ।

अनसन सुरु गर्नु अघि पत्रकार सम्मेलनमा डा. केसीको पत्रकार सम्मेलनमा गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए । उनले भने, ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमानदारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ ।’

डा् केसीले न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल भएको बताए । उनले भने, ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन ।’

पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । त्यस्तै चिकित्सा शिक्षा आयोग गठन, आईओएमका बहालवाला डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा डा. शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने अडानमा छन् उनी । चार वर्ष अघि नियुक्त भएका अग्रवालको यसै महिना कार्यकाल समाप्त हुँदै छ ।

डा. केसीको अभिव्यक्ति अएलगत्तै न्यायधिश डम्बरबहादुर शाहीको एकल इजलाशले डा . केसीलाई पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा. केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter