• Friday, May 02, 2025

जनता आवास कार्यक्रमबाट एक हजार घर निर्माण हुने

houseबैतडी । जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा बैतडीमा ५०० घर निर्माण हुने भएका छन् । अति विपन्न दलित समुदायका नागरिकलाई लक्षित गरी घर निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिए ।

आफ्नो नाममा लालपूर्जा भएका तर घर नभएकाका लागि कार्यक्रमअन्तर्गत घर निर्माण गरिने कार्यालय प्रमुख शाहले जानकारी दिए।साविकका थप छवटा गाविसमा यो कार्यक्रम विस्तार भएको छ ।

थप हुने गाविसमा साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला रहेको प्रमुख शाहले बताए । घर जीर्ण भएका, घर नै नभएका, परिवार संख्या ठूलो भएका नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter