एमबीबीएसको प्रश्नपत्र आउट प्रकरणः गोल्डेनगेटका निर्देशकसहित ६ जना दोषी ठहर

TU teaching hospitalकाठमाडौं–विशेष अदालनले एमबीबीएस परीक्षाको पश्नपत्र लिक प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको छ ।

अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दा अन्य २ जनालाई भने सफाइ दिएको छ ।

अदालतले निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना सुनाएको छ । यस्तै सोही कलेजका खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसलामा उल्लेख गरिएको छ ।

प्रश्नपत्र आउट गराउने कार्यका संलग्न अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद ३४ लाख, धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ ला, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवानाको फैलसा सुनाएको छ । यस्तै सो प्रकरणमा आरोपित शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने अदालतले सफाई दिएको छ ।

वि.स २०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका संचालकको योजनामा प्रश्नपत्र आउट भएको अदालतको ठहर छ । परीक्षाको प्रश्नपत्र गोल्डेनगेटबाट परीक्षा सुरु हुनु भन्दा ६ मिनेट अघि प्रश्नपत्र आउट भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter