• Saturday, May 03, 2025

संख्यात्मकभन्दा गुणात्मक पर्यटनमा जोड

NTBपोखरा, माघ ८ गते । नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक अघि सारे पनि पोखराका पर्यटन व्यवसायी भने त्यसमा सन्तुष्ट देखिएका छैनन् ।

सन् २०१७ मा पोखराको पर्यटन सम्बन्धमा छलफलका लागि नेपाल पर्यटन बोर्ड पोखराद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले केवल संख्या मात्र बढेर पर्यटन व्यवसाय फस्टायो भन्न नमिल्ने बताएका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भूकम्पपछि सन् २०१७ मा १० लाख ६० हजार विदेशी पर्यटक नेपाल आएको बताउनुभयो ।

“भूकम्पले नेपालका केही सीमित ठाउँमा क्षति बनाए पनि त्यसले समग्र नेपालकै पर्यटनमा असर पा¥यो,” उहाँले भन्नुभयो, “यसबीचमा सबै क्षेत्र र सम्पदा क्षति भएका होइनन् भन्ने सन्देशलाई विश्व बजारमा लैजाने प्रयासका कारण पर्यटकको आगमनमा वृद्धि भएको हो ।”

सरकारले केबल पर्यटकको संख्या बढ्यो भनेको छ, उक्त संख्या बढ्दै गर्दा व्यवसायीको अवस्था के छ भन्नेतर्फ ध्यान दिइएको छैन,” पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउनुभयो ।

सरकारले संख्यात्मकभन्दा पनि गुणात्मक पर्यटक भित्र्याउने वातावरण नबनाउँदासम्म संख्या मात्र बढ्दा हौसिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । विसं २०७२ मा गएको विनासकारी भूकम्पका कारण त्यसयता पर्यटकको संख्यामा गिरावट आएको थियो ।

पर्यटन विभागको तथ्यांकअनुसार सन् २०१६ मा सात लाख ५३ हजार पर्यटक नेपाल आएका थिए । सन् २०१५ मा भने नेपालमा आउने पर्यटकको संख्या जम्मा पाँच लाख ३९ हजार रहेको थियो ।

विभागको तथ्यांकले सन् २०१४ मा सात लाख ९० हजार र २०१३ मा सात लाख ३६ हजार पर्यटक नेपाल आएको देखाएको छ । पर्यटन आर्थिक समृद्धिको आधार भएको बताउने प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारी यसको विकासका लागि सडक सञ्चालको विस्तारका साथै निर्माणाधीन विमानस्थललाई चाँडो सम्पन्न गर्नुपर्ने बताउनुहुन्छ ।

“पोखराको समग्र पर्यटकीय विकासका लागि पर्यटन सम्बद्ध संघ संस्था र व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्नु आवश्यक छ,” पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भन्नुभयो ।

“पोखरामा कति पर्यटक आए भन्ने यकिन तथ्यांक हालसम्म कुनै निकायसँग छैन,” उहाँले भन्नुभयो, “संख्या यति उतिभन्दा पनि पर्यटकको आगमनले पर्यटन व्यवसायलाई कति फाइदा पुग्यो त्यो महत्वपूर्ण कुरा हो ।”

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दिल गौतम, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचन, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी गोविन्द पहारी, वरिष्ठ सञ्चारकर्मी नारायण कार्कीलगायतले गुणस्तरीय पर्यटक भित्र्याउन नसक्दासम्म यस क्षेत्रले राम्रो गति लिन नसक्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter