कालिकोट महामारी तत्काल नियन्त्रण गर्न स्वास्थ्यमन्त्री बाेहराकाे निर्देशन

Health Ministry

काठमाडाै । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा महामारीको रुप लिएपछि स्वास्थ्यमन्त्रालयको ध्यानकेन्द्रीत भएकाे छ । केहि दिन पहिले जाजरकाेटमा फैलिएकाे भाइरलज्वराेले १३ जनाकाे ज्यान लिएपछि स्वास्थ्य मन्त्रालय अात्तिएकाे थियाे ।

त्याे घटना सेलाउन नपाउदै कालिकाेटमा महामारी फैलिएपछि नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वस्थ्य कार्यालय कालिकोटलार्इ प्रभावित क्षेत्रमा गएर एक्सन लिन निर्देशन दिएकाे छ ।

औषधि सहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा खटाइ सकिएको स्वास्थ्यमन्त्रालयले जनाएकाे छ । महामारिले चर्को रुप लिन नदिन स्वास्थ्यमन्त्रालय सचेत रहेको स्वास्थ्यमन्त्री दिपक बाेहराले बताए । उनले जिल्लामा उपलब्ध स्रोतसाधनले नभ्याए मन्त्रालयको टोली नै खटाउने जानकारी दिए ।

महामारी फैलिएको खाडाचक्र नगरपालिका ४ ताडी घटाली गाँउसहितका टोलबाट ६ जना बिरामीको स्याम्पल काठमाडौ ल्याइएको छ । खाडाचक्र २ र ४ नम्बर वडामा परीक्षण गर्दा ८ सय १४ जना बिरामी फेला परेकाे मन्त्रीका स्वकीय सचिव निराजन बमले खबरडबलीलार्इ बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter