अब वृद्ध भत्ता ६५ वर्षमै दिने सरकारको निर्णय; सातै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त

Office of the Prime Ministerकाठमाडौं : सरकारले अब वृद्ध भत्ता ६५ वर्षकै उमेरमा दिने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वृद्ध भत्ता पाउने उमेर हद पाँच वर्ष घटाएर ६५ वर्षमा झारेको वाणिज्यमन्त्री मीन विश्वकर्माले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । ‘सम्पन्नले मात्र वृद्ध भत्ता पाउने प्रचलनको अन्त्य गर्न सरकारले वृद्धभत्ता पाउने आयु पाँच वर्ष घटाएको छ’, मन्त्री विश्वकर्माले भने ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले बाढी र भूकम्पपीडितलाई एकएक लाख रकम थप दिने निर्णयसमेत गरेको छ। सँगै बुधबारको मन्त्रिपरिषद् बैठकले दलित, महिला तथा विपन्न (परिचयपत्र वाला) वर्गको व्यक्तिले निजी व्यवसाय दर्ता गर्नु पर्दा एक करोड पूँजी भए निशुल्क र एक करोड बढी पूँजीमा कम्पनी दर्ता गर्नु परे ५० प्रतिशत मात्र शुल्क लिने निर्णयसमेत गरेको छ ।

सातै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त गरेको छ। संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण निर्णय गर्ने क्रममा बुधबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए।

प्रदेश १ को मुख्यमन्त्रीको कार्यालय शंकर पाठक

प्रदेश २ मुख्यमन्त्रीको कार्यालय राजेश्वरमान सिह

प्रदेश ३ मुख्यमन्त्रीको कार्यालय रेश्मीराज पाण्डे

प्रदेश ४ मुख्यमन्त्रीको कार्यालय लक्ष्मण अर्याल

प्रदेश ५ मुख्यमन्त्रीको कार्यालय मायादव कोइराल

प्रदेश ६ मुख्यमन्त्रीको कार्यालय सुरेश प्रधान

प्रदेश ७ मुख्यमन्त्रीको कार्यालय लक्ष्मीराज पौडेल

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter