• Wednesday, May 21, 2025

कुवेतमा बिचल्ली परेका २० कामदार नेपाल फिर्ता

Labor, Foreign Employmentकाठमाडौं । कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ ।

त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा नेपाल पठाएको जनाएको छ ।

त्यसपूर्व सोही कम्पनीमा लामो समयदेखि आवासीय प्रवेशाज्ञा नवीकरण नभएका १७ जना कामदारलाई राजदूतावासको पहलमा कुवेतको अध्यागमन प्रक्रिया पूरा गरी स्वदेश पठाइ सकिएको छ ।

साथै कुवेतमा रहेका नेपाली समुदायसँग सम्बद्ध सिन्धुपाल्चोक सेवा समाज, दलित एकता सञ्जाल, लुम्बिनी समाज, कल्याणकारी युवा समाज एवं सो कम्पनीमा समस्यामा परेका नेपालीको सहयोगार्थ गठित राहत समितिको आर्थिक सहयोगमा दुई जना कामदारलाई नेपाल पठाइएको छ । त्यसबाहेक अन्य दुई जनालाई समेत राजदूतावासले आफ्नै पहलबाट स्वदेश फिर्ता पठाइएको जनाएको छ ।

खराफी नेशनल कम्पनीको सुलेबिया आयोजनामा कार्यरत रहँदा कम्पनीले आवासीय प्रवेशाज्ञा नवीकरण नगरेको तथा तलब नदिएको उल्लेख गर्दै राजदूतावासमा समस्या समाधानका लागि ९४ जना नेपाली कामदारले निवेदन दिएका थिए ।

उल्लेखित कामदारमध्ये हालसम्म २९ जना र उक्त कम्पनीको अन्य आयोजनामा कार्यरत ३२ जना गरी जम्मा ६१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता पठाइ सकिएको छ ।

सो कम्पनीमा समस्यामा रहेका अन्य कामदारको समस्या समाधान एवं स्वेदश फिर्तीका लागि राजदूतावासले प्रयास जारी रहेको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter