सुन्तला : नफल्ने ठाउँमा सस्तो, बोटमा महँगो

Orangesफिदिम, माघ १५ गते । झापाको विर्तामोडमा सुन्तला उत्पादन हुँदैन तर त्यहाँ सुन्तला सस्तोमा पाइन्छ । यता पाँचथर फिदिम क्षेत्र सुन्तलाको पकेट हो तर यहाँ भने महँगोमा किन्नु पर्छ । सस्तोमा सुन्तला मागे फिदिमका व्यापारीले अचम्म लाग्ने गरी झापामा गए सस्तैमा पाइने जवाफ दिन्छन् ।

हुन पनि टाढा–टाढादेखि ढुवानी गरेर विर्तामोड पु¥याइने सुन्तला धेरै सस्तोमा पाइने जनाइएको छ । अहिले फिदिममा सुन्तला प्रतिकिलो १६० रुपियाँ छ भने विर्तामोडमा ११० रुपियाँसम्ममा पाइन्छ । फिदिममा कम र विर्तामोडमा बढी आपूर्ति हुँदा सुन्तलाको किन बेचको मूल्य दर यस्तो कायम हुने गरेको देखिएको छ । पाँचथरका ठूला व्यापारी सबै सुन्तला बेच्न एकैचोटि विर्तामोड पु¥याउँछन् । त्यसैगरी पाँचथरमा सुन्तला सञ्चय गर्ने शीत भण्डार छैन । यसका कारण आपूर्ति कम हुन जाँदा फिदिममा सुन्तला सिजनमा पनि महँगो हुने गरेको छ ।

फलफूलको थोक बजार अभावले पनि सुन्तला महँगो पर्न जाने गरेको फिदिमका हरि फलफूल पसलका व्यापारी हरिप्रसाद भट्टराईले बताउनुभयो । पाँचथरको विभिन्न ठाउँका बगानका सुन्तला ठूला व्यापारीले खरिद गरेर गाडीका गाडी विर्तामोड लाने गरेका हुन् । तिनै व्यापारीले छोडेका साना बगानका सुन्तलाले फिदिम बजारको माग धान्ने गरेको छ ।

साना बगानका सुन्तला बोटमै महँगोमा किन्नु पर्दा बेच्दा पनि महँगै पर्न जाने अर्का व्यापारी उर्मिला बाँस्कोटाले बताउनुभयो । त्यसो त यसपालि पाँचथरमा गत वर्षभन्दा ५० प्रतिशतले घटेर फल्नाले पनि सुन्तला महँगिएको पाइएको छ । पोहोर यही समयमा फिदिममा सुन्तला प्रतिकिलो ८० रुपियाँमा बिकेकोमा यसपालि दोब्बर बढी मूल्यमा बेच्नु परिरहेको उर्मिलाले सुनाउनुभयो ।

यसबाट साना बगानवाला किसानलाई भने फाइदा मिलिरहेको उहाँले बताउनुभयो । यही मौकामा महँगिएको सुन्तलाबाट फाइदा लिन कतिपय साना व्यापारीले पनि विर्तामोड लान छोडेर फिदिममै बेच्ने गरेका छन् । अहिले फिदिम बजारमा नजिकैको फिदिमको सिवा, चोकमागु, साम्दीन, तालखर्क, मालवासे, र सुभाङ गाविसलगायतको सुन्तला बिक्री भइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter