प्रतिनिधिसभा बैठकमा के-के भयाे ?; यसरी सम्पन्न भयो राष्ट्रिय सभाको पहिलो बैठक

Parliament Buildingकाठमाडौं । प्रतिनिधिसभाले ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो । बैठकको अध्यक्षता गर्नुभएका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाएपछि ज्येष्ठ सदस्य ठाकुरले कुनै नियम नबनेको अवस्थामा केको आपत्ति भन्दै आसन ग्रहण गर्न आग्रह गरेका थिए ।

सो प्रस्ताव ‘हुन्छ’ र ‘हुन्न’ भन्ने ध्वनि मतका आधारमा मत विभाजन गर्दा सर्वसम्मतिले पारित भएको हो । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले संसद् नियमावली नहुन्जेलका लागि सदन सञ्चालन गर्न आवश्यक कार्यविधि पारित गरेको हो । बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसद खगराज अधिकारी, मानबहादुर विक, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अर्गरियालाई मनोनयन गरेको छ ।

ज्येष्ठ सदस्य ठाकुरले बैठकको शुरुमै राष्ट्रपति कार्यालयबाट प्राप्त संसद्को पहिलो अधिवेशन आह्वान र सरकार गठनसम्बन्धी छुट्टाछुट्टै पत्र पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक फागुन २२ गते बिहान ११ बजे बस्नेछ ।

यसरी सम्पन्न भयो राष्ट्रिय सभाको पहिलो बैठक

संघीय संसद अन्र्तगत राष्ट्रियसभाको पहिलो बैठक सोमबार बसेको छ ।

अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सोमबार अपरान्ह बसेको पहिलो बैठकले राष्ट्रियसभा बैठक संञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ ।

साथै बैठकले अध्यक्ष एवं उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि परशुराम मेघी गुरुङ,राधेश्याम अधिकारी र कालि बहादुर मल्लको नामलाई अनुमोदन गरेको छ ।

त्यस अघि बैठकको सुरुमा बैठकको अध्यक्षता गरेकी जेष्ठ सदस्य तारादेवी भट्टले बैठक आवहन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।

त्यस्तै नेपालको संविधानको धारा ७६को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननिय सदस्य केपी ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेको व्यहोराको पत्र पनि पढेर सुनाइन् । अर्को बैठक भोली मंगलबार ११ बजेका लागि बोलाईएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter