महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी सुधार हुनुपर्ने

Nepali Womenकाठमाडौँ, फागुन २३ गते । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपाल संघीयतामा गइसकेको पनि महिलाको आन्दोलन समाप्त भइनसकेको उल्लेख गर्नुभयो ।

आयोगका पूर्वअध्यक्ष नैनकला थापाले महिलामाथिको विभेद अन्त्य गर्नका लागि सबै महिला एकजुट हुनुपर्ने औँल्याउनुभयो । आयोगका पूर्व सदस्य लिली थापाले आयोगले गाउँ नगर पुगेर महिलाको पीडा न्यूनीकरणका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आयोगका पूर्वसचिव शरदराज विष्टले महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी व्यवस्थामा सुधार हुनुपर्ने औँल्याउनुभयो ।

कार्यपत्र प्रस्तोता गीता पाठक र सुशीला श्रेष्ठले सामाजिक परिवर्तन नभएसम्म सर्वसाधारण जनता तथा विशेष गरी शोषित अवस्थामा रहेका महिलाले परिवर्तनको अनुभूति गर्न नसक्ने बताउनुभयो । आयोगका सचिव तुल्सीराम सेढार्इंल आयोगले महिलाको अधिकारको रक्षाका लागि काम गर्दैआएको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter