विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन

blood donationकाठमाडाँै, फागुन २५ गते । लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् ।

एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका हुन् ।

बिहीबार टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वेच्छिक रुपमा रक्तदान गरेको आयोजकले जानकारी दिएका छन् ।

लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अखिल श्रेष्ठले सो रक्तदानलाई विश्व कीर्तिमान कायम गर्न आजदेखि रक्तदानको प्रमाणसहित कार्य अगाडि बढाइने जानकारी दिँदै करिब डेढ महिनाभित्रमा त्यसको प्रमाणपत्र आउने बताउनुभयो ।

यसअघि भारतमा करिब ९०० पिन्ट रगत संकलन गरिएको भए पनि विश्व कीर्तिमानका लागि दाबी नगरिएको आयोजकले जनाएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter