उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित

Deputy Speakerकाठमाडौँ, चैत २ गते । प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उहाँले २०१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिनुभएको थियो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उहाँ निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।

यसअघि नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली काँग्रेसका डिला संग्रौला (पन्त) ले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । उपसभामुख तुम्बाहाम्फे कानुन व्यवसायीका साथै वाम आन्दोलनमा योगदान पु¥याएको व्यक्तित्व हुनुहुन्छ ।

यसअघि भएको मतदानमा भुसालका प्रस्तावका पक्षमा ६१ र विपक्षमा २०१ मत परेको थियो । मतदानमा २६२ सांसदको सहभागिता थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter