सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यार्थीको अभियान

cancer news

काठमाडौं,  जेठ २०। काठमाडौंको कपनस्थित् जोसेफ माध्यामिक विद्यालयका विद्यार्थीहरुले सुर्तीजन्य पदार्थको रोकथामको लागि अब अभियान नै सञ्चालन गर्ने भएका छन् ।
आईतबार विद्यालय परिसरमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्े बैंकको प्रायोजनमा आयोजित बृहत्त अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रममा सहभागी विद्याथीहरुले विद्यालय वरिपरि सुर्तीजन्य पदार्थको रोकथामकोलागि आजैबाट पहल गर्ने वचनबद्धता जनाएका हुन् ।
त्यस्तै विद्यार्थीहरुले यो अभियानलाई देशव्यापी बनाउने पनि विश्वास दिलाएका छन् ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले फ्रान्सजस्तो देशमा जनचेतनाकै कारण सुर्तीजन्य पदार्थको प्रयोगमा उत्साहित रुपमा कमी आएको दृष्टान्त पेश गरेका थिए । डा. पौडेलका अनुसार नेपालले पनि अब यस्तो उदाहरणिय कार्यलाई व्यवहारिक रुपमा उतार्न सके सुर्तीजन्य पदार्थको रोकथाम छोटो समयमा हुन सकने सुझाए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter