• Monday, May 19, 2025

नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

narayngadh2

चितवन, जेठ २४ गते । नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ सवारी साधन जाममा बस्नु पर्दा पर्यटकले गन्तव्य परिवर्तन गर्दै आएका थिए ।

क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेका अनुसार काठमाडौँ, पोखरालगायतका ठाउँबाट आएका पर्यटक १५ घण्टासम्म जाममा परेपछि रुष्ट हुँदै आएका थिए । उनीहरुका लागि बनाइएका कार्यक्रमसमेत प्रभावित भएकाकारण चितवन आउने पर्यटक पोखरातर्फ जाने गरेका थिए ।

घिमिरेका अनुसार बाटोकै कारण १५ देखि २० प्रतिशत पर्यटक घटेका थिए । तीन वर्षअघि यो सडक विस्तार थालेसँगै सडक प्रभावित हुँदै आएको थियो । क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष दीपक भट्टराईले बाटोका कारण पर्यटक बस बिहान ७ः३० बजे नै छुट्ने भएपछि एक दिन बस्न आएका पर्यटकको बिहानमा गर्न सकिने हात्ती सफारी वा बोटिङ छुट्ने गरेको थियो । सौराहाबाट काठमाडौँ जाने बसको समय पनि असार १ गतेदेखि ८ः३० देखि ९ बजे छुट्ने गरी व्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभयो ।

सडक सहज हुँदै गर्दा पर्यटक बढ्ने निश्चित भएको उपाध्यक्ष दीपक भट्टराईको भनाइ थियो । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल सौराहाका अध्यक्ष गोकर्ण गिरीले नियमित सडक सहज बनेर २४सै घण्टा यातायात सञ्चालन भएसँगै चितवन आउने पर्यटकको संख्या बढ्न थालेको छ भन्नुभयो ।

बाटोका कारण काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट आउने नेपाली तथा विदेशी पर्यटक प्रभावित भएकाकामा अब सहज हुन थालेको जानकारी उहाँले दिनुभयो । सो सडकको पहिलो तह कालोपत्रे सकेसँगै सडकमा धुलो र खाल्टाखुल्टी छैनन् । भित्तो काटिएको ठाउँबाट पहिरो रोक्ने काम भइरहेको छ ।

ठूलो वर्षात्मा पहिरो खस्ने जोखिम रहेको भए पनि अन्य समयमा भने सडक सहज भएको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter