• Saturday, May 17, 2025

नेपाल टेलिकमले ल्यायो आफ्नै एप

NT APकाठमाडौँ, जेठ २७ गते । नेपाल टेलिकमले आफ्नै मोबाइल एप ‘नेपाल टेलिकम’ संचालनमा ल्याएको छ। टेलिकमले जीएसएम, सीडीएमए, पिएसटीएन र एडीएसएल लगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोवाइल एप संचालनमा ल्याएको जनाएको छ। उक्त मोवाइल एपमा लग इन गर्नसाथ टेलिकमको प्याकेज खरिद गर्न सकिने र प्याकेज सम्बन्धी जानकारी लिनसक्ने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार उक्त एपबाट फ्रेण्ड्स एण्ड फेमिली कल (एफएनएफ) सर्भिसमार्फत पाँचवटा नम्बरमा सस्तो कल गर्न सकिने, एण्ड्रोइडमार्फत रिचार्जकार्ड स्क्यान गरेर रिचार्ज पनि गर्न सकिने र मोबाइल मार्फत विभीन्न प्याकेज आदाप्रदान गर्न सकिनेछ।

त्यसैगरी FNF Service बाट नेपाल टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुन्छ । पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ । यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरु गिफ्ट दिन पनि सकिन्छ ।

साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ ।

यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न पनि सकिन्छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउदै आएका सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन पनि सकिन्छ । भविष्यमा अन्य सेवाहरु पनि थप गर्दै लैजाने योजना रहेको छ ।

गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ (Nepal Telecome) एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरे पछि यो एप चलाउन सकिन्छ ।

कम्पनीका अनुसार एप गुगल प्ले स्टोर र एप्पल प्लेस्टोर बाट डाउनलोड गर्न सकिनेछ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter