विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाबारे स्पष्ट पार्न माग

Parliament Building

काठमाडौँ, जेठ ३० गते । प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

उहाँले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिनुभयो ।
सांसद प्रभु साहले रौतहटको कटहरिया नगरपालिकामा १२ वर्षीय बालकको अपहरण गरी हत्या गरिएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गर्नुभयो ।

सांसद दुर्गा पौडेलले रोजगारीका सिलसिलामा विदेशिएका मजदूरका समस्याका बारेमा ध्यानाकर्षण गराउनुभयो ।सांसदद्वय एकलाल मियाँ र रुही नाजले मुसलानकोे प्रसिद्ध पर्व इदको दिन राष्ट्रिय रुपमा सार्वजनिक बिदा दिन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले मोही किसानका समस्याबारे ध्यानाकर्षण गराउँदै समाधानका लागि माग गर्नुभयो ।

सांसद यशोदा गुरुङले मस्र्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत् परियोजनाका लागि फरक फरक प्रसारण लाइन निर्माण गर्दा धेरै जमीन खेर जाने भएकाले एउटै प्रसारण लाइन हुनुपर्ने माग गर्नुभयो ।

सांसद गणेश पहाडीले सिन्धुलीका भूकम्पपीडित र मध्यपहाडी राजमार्ग विस्तारमा जग्गा परेका किसानका माग सम्बोधन गर्न आग्रह गर्दै बिपी राजमार्गमा सेल्फी र सुटिङस्थलका रुपमा होइन यातायात व्यवस्था सहज तुल्याउने तर्फ ध्यान जाओस् भन्नुभयो ।

सांसद लक्ष्मीकुमारी चौधरीले धनगढी–अत्तरिया निर्माणाधीन ६ लेनको सडक निर्माणको ढिलाइले वर्षायाममा जनतालाई हिँडडुल गर्न कठिनाई भएकाले समयमै बन्नुपर्ने बताउनुभयो । बैठकमा सांसद आशाकुमारी विक, घनश्याम खतिवडा, राजेन्द्रप्रसाद गौतम, तेजुलाल चौधरी, रेखाकुमारी झा, भूमिप्रसाद त्रिपाठी, नवराज रावत, लीलानाथ श्रेष्ठ र वीना बुढाथोकीले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter