सहजीकरण गर्नका लागि संयन्त्र गठन गर्न अनुमति

Nepal China flag

काठमाडौँ, असार ३ गते । नेपाल सरकारले परराष्ट्र मन्त्रालय र जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालयबीच नेपालमा चीन सहयोगसम्बन्धी कार्यक्रम र परियोजनाको कार्यान्वयनमा सहजीकरण गर्न संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले सोसम्बन्धी मस्यौदामा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

लेखापरीक्षण विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने र सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्वान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

बैठकले नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्यको संख्या १९ बाट घटाएर नौ कायम गर्ने निर्णय गरेको छ । उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगञ्जको दरबन्दी स्वीकृत गर्ने र शिक्षा विज्ञान तथा प्रविधि, वाणिज्य र आपूर्ति मन्त्रालय तथा राजश्व अनुसन्धान विभागको संगठन संरचना स्वीकृत गर्ने निर्णय पनि भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter