संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’

Satya Mohan Joshiकाठमाडौँ, असार ६ गते । बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ ।

रु १५ हजार ५५५ नगद राशि तथा ताम्रपत्रसहितको ‘बेबिलोन स्रस्टा सम्मान २०७५’बाट शताब्दी पुरुष जोशीलाई सम्मान गर्ने निर्णय गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले बताउनुभयो ।

इतिहास तथा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणमा शताब्दी पुरुष जोशीले पु¥याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै उहाँलाई सो सम्मान गर्न लागिएको हो ।

बेबिलोन स्कुल बेलायत सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट स्थापित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल अवार्ड, आइएसए) २०१५–२०१८ बाट पुरस्कृत विद्यालय हो ।

विद्यालयले यही असार १० गते एक कार्यक्रमको आयोजना गरी शताब्दी पुरुष जोशीलाई सो सम्मान प्रदान गर्ने प्रिन्सिपल राईले बताउनुभयो ।

सोही दिन विद्यालयले मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोस्रो उपत्यकाव्यापी राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियोगितासमेत आयोजना गर्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter