विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा

Electricityनवलपरासी, असार ८ गते । पूर्वी नवलपरासीको हुम्सेकोट गाउँपालिकामा उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको चालू आर्थिक वर्ष ०७४/०७५ मा विनियोजित करीब रु ८० लाखको लागतमा गाउँपालिकाअन्तर्गतका राष्ट्रिय प्रशारणको बिजुली नपुगेका स्थानमा विद्युतीकरण विस्तारका लागि सञ्चालन गरिएको आयोजना अन्तिम चरणमा पुगेको हो ।

जसअन्तर्गत रुम्सी, मोहनडाँडा, सत्कोण, गुरुङघाट, रिपाहारुपसीलगायतका बस्तीमा विद्युतीकरण विकास विद्युत्अन्तर्गत पोल पु¥याउने काम भइरहेको हुम्सेकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

अब छिट्टै नै ती सबै गाउँ तथा बस्तीमा विद्युतीकरण सम्पन्न भएपछि यसअगावै राष्ट्रिय बिजुली नपुगेका स्थानमा पनि बिजुली विस्तार हुनेछ । ती गाउँ तथा बस्तीमा गरी करीब २५० घरधुरीलाई लक्षित गरी उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रशारणको बिजुली नपुगेका कारण केही स्थानमा सामान्य लद्यु विद्युतीकरण र सेलार प्रयोग गर्दै आए पनि अधिकांश स्थानमा टुकीको भरपर्नुपर्ने अवस्था थियो ।

अब भने सो समस्या समाधान हुनेमा स्थानीयवासी आशावासी बनेका छन् । यसबाहेक पूर्वी नवलपरासीको बुलिङटार र बुङ्दीकाली गाउँपालिकामा ९० प्रतिशत स्थानमा राष्ट्रिय प्रशारणको बिजुली नपुगेका अवस्था छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter