वाह ! नेचुरली नेपालः लाङकाबीमा नेपाल प्रवद्र्धन

Visit Nepal Year 2020लाङकावी, मलेसिया, भदौं २९ गते । ‘वाह नेचुरली नेपाल सच अ बिउटी अफ पाराडाइज एण्ड डाइभसिर्टी’ नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए । संयुक्त अरब इमिरेट्सका कुमार सुबरमनिअम दक्षिण कोरियाका ब्रायन किमलाई चाँही नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी विमान चढेर नेपाल घम्न जाने रहर रहेछ । आफ्नो देशबाट छिट्टै नेपाल सिधा उडान हुने भएकाले निकै उत्साही भएका रहेछन् । !

चिनियाँ टुरिजम डेभलपमेन्टका प्रतिनिधि जेन्नी चेङलाई पनि निगमको विमान चढेर नेपालको सुन्दरता हेर्न जाने धोको छ । त्यसैले उनी सोध्दै थिए “नेपालले कहिलेदेखि चीनबाट सिधा उडान गर्ने, म लगायत धेरै जना नेपाल घुम्न जाने योजनामा छौँ” ।

मलेशियाको लाङ्कावीमा जारी प्यासिफिक एशिया ट्राभल एशोसिएसन ९पाटा० ट्राभल मार्टको ४१औंँ संस्करणमा सहभागी विदेशीले नेपालको पर्यटन र प्राकृतिक सुन्दरता भौगोलिक विविधता तथा स्थानीय रहनसहनबारे जानकारी लिइरहेका भेटिन्थे । मार्टमा नेपाल पेभिलियनको विशेष आकर्षण रह्यो । यस पेभिलियनमा विदेशीको भीड देखिन्थ्यो ।

मार्टमा नेपालको तर्फबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहकार्य तथा समन्वयमा १० निजी क्षेत्र ९टुर अपरेटर, ट्राभल र होटल० व्यवसायीको सहभागिता छ । नेपाली स्टलको सजावट, पुरातात्विक एवं सांस्कृतिक सम्पदा, पर्यटकीय गन्तव्य, प्राकृतिक एवं भौगोलिक विविधताको मनोरम तस्बिरमा दृश्यमोहक बनेका थिए ।

मलेशियाको पर्यटकीय क्षेत्र लङ्कावीका जारी तीन दिने पाटा ट्राभल मार्टमा नेपाल पेभिलियन असाध्यै आकर्षक बनेको छ । माथिका प्रतिनिधि जस्तै अमेरिका, बेलायत, जापान, दक्षिण कोरियालगायतका नागरिक नेपालको पर्यटकीय गन्तव्य भ्रमण गर्न निकै इच्छा देखाएका छन् ।

केहीलाई नेपालको सुरक्षाबारे पनि चासो रहेछ । गन्तव्यको सुरक्षा यातायातको सहजताबारे जिज्ञासा राखेका पोखेका थिए । सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, प्रमुख पर्यटकीय गन्तव्यका आकर्षक झलकसहितको सजावट नेपा पेभिलियन साँच्चीकै आकर्षक देखिन्थ्यो ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले मार्टमा सहभागी आगन्तुक क्रेता तथा सञ्चारमाध्यमले नेपाललाई पर्वतीय पर्यटन अतिरिक्त विश्व पर्यटन बजारमा चिनाउने अन्य पर्यटकीय वस्तु तथा सेवाको बारेमा चासो देखाएको बताउनुभयो ।

नेपाली पेभिलियनअन्तर्गत नेपाल पर्यटन बोर्ड, वायुसेवा निगमसहित होटल, ट्राभल एजेण्सी, टुर अपरेटर्स, सामुदायिक घरवासलगायत निजी क्षेत्रका विविध सेवा प्रदायक कम्पनीहरुद्वारा आ–आफ्नो क्षेत्र विशेष पर्यटन सेवा प्रवद्र्धन गरिनु नेपाली पर्यटन प्रवद्र्धनका लागि एक उदाहरणीय संयोजन बनेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको स्टलमा विदेशी अभिरुचिपूर्वक जानकारी लिइरहेका थिए । बोर्डका वरिष्ठ प्रवन्धक सुनील शर्मालेका अनुसार नेपालसहित ५० देशका कक्षमध्ये नेपालले समग्र नेपालको ‘ब्राण्ड’ लोगो प्रस्तुत गरेको छ ।

आ–आफ्नो देशको पर्यटकीय विविधता आदनप्रदानमा पनि उपयुक्त अवसर मिलेको र यसमा नेपालले अधिक लाभ लिने उहाँको विश्वास छ । मार्टको तेस्रो दिन निगमले आफ्ना नयाँ वाइड बडी जाने गन्तव्यहरु जपान, दक्षिण कोरिया र साउदी अरबलगायतका नागरिकसँग विशेष छलफल गरेको हो ।

निगमले छिट्टै सञ्चालन गर्न लागेको तीन गन्तव्यका नागरिकसँग विशेष छलफल राखेको र विदेशी निगमको विमानबाटै नेपाल आउने इच्छा व्यक्त गरेको निगमको व्यापार शाखाकी उपनिर्देशक रीना राईले जानकारी दिनुभयो ।
‘हामीले नयाँ वाइडबडी लैजाने नयाँ गन्तव्यमा छलफल गरेका हौँ, भइरहेका गन्तव्यको पनि राम्रो प्रतिक्रिया आएको छ, विमानसँगै पर्यटकीय गन्तव्यको अवस्थाबारे पनि जानकारी लिएका छन् धेरैको चासो छिट्टै नेपाल घुम्ने रहेको पाइयो,’ –उहाँले भन्नुभयो ।

निगमको सेवाबारे बिबिसी मिडियाले विशेष चासोका साथ अन्र्तवार्ता लिएको निगमका व्यापार निर्देशक कृष्णगोपाल जोशीले जानकारी दिनुभयो । सामुदायिक घरवास, तारे तथा पर्यटकीय होटल, पदयात्राबारे पनि विदेशीको रोजाइमा परेको थियो । ‘गोइङ नेपाल’को स्टलमा विदेशीसँग गफिएका लीलाधर भट्टराईले भन्नुभयो, “नेपालले यो पटक सामुदायिक घरवासको सहभागिता गरेर राम्रो प्रतिक्रिया पाएको छ ।

चीन, वेलायत, हल्याण्डलगायतका नागरिकले चासो देखाएको पोखराको द यात्रा कर्टियार्ड होटलका प्रबन्ध निर्देशक रामचन्द्र भट्टराईले बताउनुभयो । नेपालमा बसाई लम्ब्याउनेबारे पनि चासो राखेका थिए ।

सांग्रिला होटलका सेलर विवेक विष्टले होटलबारे अमेरिका, वेलायत, चेक रिपब्लिका लगायतका देशका नागरिकले चासो लिएको बताउनुभयो । लाङकावीको मसुरी इन्टरनेश्नल एक्जिविसन हलमा भएको मार्टमा सहभागीहरुले नेपालको पर्यटन प्रवद्र्धनमा गन्तव्यको प्रचार÷प्रसार गर्नेछन् । साथै मार्टमा सहभागी निजी पर्यटन व्यवसायीले पर्यटकीय गन्तव्य स्थलहरुको प्याकेज पनि बिक्री गरेका छन् ।

मार्टबाट नेपालको पर्यटकीय गन्तव्यको राम्रो ब्रान्डिङ भएको सहभागीको भनाइ छ । मलेसियाको पर्यटन मन्त्रालय होस्ट तथा पाटा मुख्यालय आयोजक रहेको ‘पाटा ट्राभल मार्ट २०१८’ मा नेपालसहित ७० देशका एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

मार्टमा २५२ विक्रेता, २०० क्रेताको सहभागी छन् । सरकारको सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने योजनालाई सार्थक तुल्याउन ट्राभल मार्टमा नेपाल पेभिलियनको सजावट तथा प्रवद्र्धन रणनीति सोहीअनुरुप प्रस्तुत गरिएको समेत उहाँले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रवन्धक सुनील शर्माले ‘लाइफ टाइन एक्सपेरियन्स’ नारासहित शुरु भएको नेपाल भ्रमण वर्षको अभियानलाई सार्थक बनाउन मार्ट उपयुक्त माध्यम हुने उल्लेख गर्नुभयो ।

विश्वभरका ट्राभल व्यवसायीबीचमा नेपालका गन्तव्य तथा नेपालले पर्यटन विकासका लागि गरिरहेको कामको विषयमा समेत छलफल हुने छ । अन्तर्राष्ट्रिय स्तरमा हुने यस्तो मार्टले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने सहभागी होटल व्यवसायी रामचन्द्र भट्टराईले बताउनुभयो ।

मार्टमा मार्टमा ६३ देशका दुई सयभन्दा बढी कम्पनी तथा संस्थाको सहभागी रहेको छ । ४६० विक्रेता र २८१ वटा संस्थाहरु तथा ५१ स्रोत बजारहरुबाट कुल २९३ क्रेताहरु बीच व्यापार आदानप्रदान तथा गन्तव्य प्रवद्र्धन भेटघाट÷छलफल कार्यक्रम भएको थियो ।

मलेशियाको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा लाङकावीको समुद्रमाथिको केवलकार र स्काइब्रिज पर्यटनको प्रमुख आकर्षण मानिन्छ भने स्थानीय जीवजन्तु वनस्पति, परम्परागत जीवनशैलीले पनि पर्यटको मन भुलाउने गरेको छ । मलेशियाको सरकारी तथ्याङ्कअनुसार सन् २०१७ मा दुई करोड ५९ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२० मा तीन करोड पर्यटक पु¥याउनले मलेशियन सरकारको लक्ष्य छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter