आमा समूहको सक्रियतामा भवन निर्माण; पाँच हजार मिटर सडक ग्राभेल

File Photo

दमौली, कात्तिक ६ गते । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा रु १० लाखको लागतमा भवन निर्माण गरिएको छ ।

नाचगान, वैदेशिक रोजगारीबाट गाउँ फर्किएका स्थानीय, वडा कार्यालयलगायत सङ्घसंस्थाको आर्थिक सहयोगमा महिलाले सामुदायिक भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि आमा समूहले नाचगान गरी सङ्कलन गरेको रु।तीन लाख, वडा कार्यालयको रु तीन लाख २५ हजार, वैदेशिक रोजगारीमा रहेका गाउँलेको रु एक लाख र सामुदायिक वनको रु तीन लाख खर्च भएको आमा समूहका अध्यक्ष विष्णुमाया थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन निर्माण सम्पन्न गर्नका लागि अझै रु सात लाख आवश्यक पर्ने देखिएको छ ।

गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित बैठकका लागिसमेत एउटा हल आवश्यक भएपछि आमा समूहको सक्रियतामा भवन निर्माण गरिएको हो ।

तीस महिला आबद्ध रहेको समूहले महिला सशक्तीकरण, सीपमूलक तालीम, घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पाँच हजार मिटर सडक ग्राभेल

तनहुँको म्याग्दे गाउँपालिकामा एक वर्षमा पाँच हजार ७२ मिटर सडक ग्राभेल भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४÷७५ मा पाँच वटा वडामा सडक ग्राभेल गरेको हो ।

जसअनुसार वडा नम्बर २ मा ४२०, वडा नम्बर ३ मा दुई हजार ५८०, वडा नम्बर ४ मा १८०, वडा नम्बर ५ मा २३५ र वडा नम्बर ७ मा एक हजार ६५७ मिटर सडक ग्राभेल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताउनुभयो ।

सोही अवधिमा ३७ हजार ३२९ मिटर बाटो विस्तार भएको र १६ हजार ९९९ मिटर बाटो मर्मत भएको समेत उहाँले बताउनुभयो । त्यस्तै २७५ मिटर सिँढी निर्माण, ७०९ मिटर पक्की नाली र १९ हजार ७७० मिटर कच्ची नाली निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी गाउँपालिकाले सोही अवधिमा १८७ मिटर पक्की कुलो निर्माण गरेको छ । वडा नम्बर १ मा छ मिटर, वडा नम्बर २ मा २४ मिटर, वडा नम्बर ५ मा ६१ मिटर र वडा नम्बर ७ मा ९६ मिटर पक्की कुलो निर्माण भएको छ ।

साथै वडा नम्बर ३ मा ४९ मिटर, वडा नम्बर ६ मा ८४ मिटर र वडा नम्बर ७ मा १०० मिटर पाइप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter