• Friday, May 02, 2025

भूमि समस्या समाधानार्थ शक्तिशाली आयोग गठन हुँदै

PM Oli Newकाठमाडौँ, मङ्सिर १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।

मोरङ जिल्लाका जनप्रतिनिधिसँग आज सिंहदरबारमा छलफल गर्दै उहाँले भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्याललाई तत्कालै सो क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीसमक्ष मोरङ जिल्लाका कानेपोखरी, लेटाङ, बेलबारी र पथरीका प्रमुख र उपप्रमुखले विशेष नापी टोली खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गर्नुभएको थियो । मोरङका जनप्रतिनिधिले विशेष नापी गरी धनीपूर्जा वितरण गर्न माग गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई भेट्न सासद घनश्याम खतिवडाको नेतृत्वमा टोली आएको प्रधानमन्त्री ओलीका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

भूमि व्यवस्थामन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गासम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठन तयारी भइरहेको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter