• Friday, May 02, 2025

‘प्राकृतिक रुपमैै नेपाल चित्रमय देश’; प्रदर्शनीले पर्यटनमा सहयोग पुग्छ– उपप्रम पोखरेल

Nepal Artकाठमाडौँ, मङ्सिर १७ गते । काठमाडौँमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा वृहत चित्रकला प्रदर्शनी शुरु भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित महोत्सवमा विभिन्न ३८ देशका २७० चित्र प्रदर्शनमा रखिएको छ । आजै स्वदेश र विदेशका १३ जना चित्रकारले स्थलगत रुपमा चित्र कोरेका थिए ।

प्रदर्शनीमा नेपालसहित अमेरिका, भारत, बङ्गलादेश, अल्वानिया, अष्ट्रेलिया, मङ्गोलिया, बेलायत, चीन, जर्मनीलगायत देशका कलाकार सहभागी छन् । यही मङ्सिर २३ गतेसम्म चल्ने जलरङ महोत्वस अन्तर्गत मङ्गलबार र बुधबार भने लुम्बिनीमा विशेष कार्यक्रम हुँदै छ ।

चित्रकारले लुम्बिनीमा क्यान्भासमा दृष्य उतार्ने छन् भने चित्रकलासम्बन्धी कार्यशालासमेत हुने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिनुभयो । कला समीक्षक रमेश खनालले फरक÷फरक देशका फरक÷फरक विषयका कला प्रदर्शनीले ती देशबीचको सम्बन्ध प्रगाढ बनाउने बताउनुभयो । उहाँले कलाकार देशको राजदूत जस्तै भएको समेत उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले दुईवर्षअघि पहिलो महोत्सव कास्कीको घान्द्रुकमा आयोजना गरेको थियो । विश्वका ९० देशमा गठन भएको समाज सन् २०१२ मा स्थापना भएको हो । नेपालमा सन् २०१४ मा स्थापना गरिएको थियो । विश्वमा हराउँदै गएको जलरङ पछिल्लो समयमा संस्था नै गठन भएर प्रदर्शनी हुन थालेपछि भने यसको महत्व बढ्दै गएको कलाकारले बताएका छन् ।

प्रदर्शनीले पर्यटनमा सहयोग पुग्छ– उपप्रम पोखरेल

प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा ३८ देशका कलाकारको जमघटले कलाका माध्यमबाट नेपाललाई विश्वमा चिनाउने भन्दै मन्त्री पोखरेलले आयोजकको प्रशंसा गर्नुभयो ।

प्राकृतिक ढङ्गले नै चित्रमय देश नेपाल भएको औंल्याउँदै उहाँले नेपाल र नेपालीका लागि यो महत्वपूर्ण अवसर भएको बताउनुभयो । समृद्ध नेपाल सुखी नेपाली हुनका लागि सबै कुराको समुच्चय हुनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले भन्नुभयो, “राम्रो बाटो, राम्रो मोटर हुँदैमा र राम्रा लुगा लगाउँदैमा समृद्धि आउँदैन, पुर्खाले निर्माण गरेको सिर्जनाको संरक्षण तथा सम्मान र संस्कृतिको जगेर्ना भए मात्रै देश समृद्धि हुन्छ ।”

सो अवसरमा समाजका महासचिव दीपेन्द्रमान बनेपालीले विदेशी कलाकारलाई नेपालका पर्यटकीय स्थल, सौन्दर्य स्थल, मनोरम दृश्यबारे जानकारी गराई नेपाल भ्रमण वर्षमा पर्यटक अभिवृद्धि गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता खगेन्द्र राईले नेपालको पर्यटन, संस्कृति र कलासँग जोडेर आयोजित महोत्सवले देशलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्ने काम भएको बताउनुभयो । चित्रकार के÷के कर्माचार्यले बनाउनुभएको मन्त्री पोखरेलको मुहारचित्र उहाँलाई नै हस्तान्तरण गर्नुभएको थियो ।

विभिन्न व्यक्त सम्मान र पुरस्कृत

महोत्सवको अवसरमा दुईजना अग्रज कलाकारलाई सम्मान तथा अनलाइन प्रतियोगिताका विजेता कलाकारलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अग्रज चित्रकार श्यामलाल श्रेष्ठ र आलोक गुरुङलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो ।

अनलाइन प्रतियोगितामा विजेता भएका मङ्गोलियाका चित्रकार मुख्खु गु गु र नेपालका चित्रकार डिबी राई तथा डी बराललाई पुरस्कृत गरिएको थियो । सम्मानितका तर्फबाट मन्तव्य राख्नुहुँदै अग्रज कलाकार श्यामलाल श्रेष्ठले अन्तर्राष्ट्रिय जलरङ महोत्सव आयोजना हुनु खुशीको कुरा भएको बताउँदै यसले नेपालको पहिचानलाई विश्वसामु पु¥याउन सहयोग गर्ने बताउनुभयो ।

समाजले विभिन्न प्रदेश प्रमुखको घोषणा समेत गरेको छ । कार्यक्रममा प्रदेश नं १ मा महेन्द्र राई, प्रदेश नं २ मा मुकेश महत्तो, प्रदेश नं ३ मा प्रकाश थापा, प्रदेश नं– ४ मा मनोज तामाङ र प्रदेश नं ५ मा सुमित्रा राईलाई प्रमुखको प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter