• Friday, May 02, 2025

स्वदेशमै सम्भावना देखेपछि विदेश मोह त्याग्दै युवा

US flagपोखरा, मङ्सिर १७ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दैआउनु भएको छ ।

अध्ययनका लागि विदेशिएका युवा उतै भासिने गरेको वास्तविकतामा क्षेत्री भने स्वदेशकै सम्भावनालाई उपयोग गर्नुपर्ने सोचका साथ आफू नेपाल फर्किएको बताउनुहुन्छ । मेकानिकल इञ्जिनीयर विषयमा अमेरिकामा पाँच वर्ष अध्ययन सकेलगत्तै नेपाल फर्किएको बताउँदै उहाँले त्यहाँका विभिन्न अनुभवलाई यही उपयोग गर्ने बताउनुभयो ।

“यहाँको जीवन वास्तवमै खुशी र सुखी छ, विदेशमा गरेजस्तै श्रम यहाँ गर्ने हो भने प्रत्येकले राम्रोसँग जीवनयापनका साथै वचत पनि गर्न सक्छ, जुन विदेशमा कठिन छ”, उहाँले भन्नुभयो । विदेशमा दुःख गरेर कमाए पनि त्यो त्यही खान र बस्न ठिक्क हुने उहाँको अनुभव छ । नेपालमा प्राङ्गारिक उत्पादनका प्रचूर सम्भावना रहेको बताउँदै उहाँले यहाँका खाली जग्गा र फाँटमा विभिन्न जातका तरकारी तथा फलफूल लगाएर आम्दानी गर्न सकिने बताउनुभयो ।

आफूले टाढापानीमा सञ्चालन गरेको होटेल पानोरमा पोइन्ट एण्ड रेस्टुरेन्टमा दैनिक ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पदयात्रा पर्यटन क्षेत्रमा युवाका लागि धेरै सम्भावना छ । पदयात्रा गर्ने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरेको उहाँको होटेलमा ४५ बेड छ । “पदयात्राको मुख्य याममा मागअनुसार पर्यटकलाई कोठा पु¥याउनै सकिँदैन,” उहाँले भन्नुभयो । पछिल्लो समयमा पदयात्राका लागि बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणका कारण होटेलमा बाह्रै महीनाजसो पर्यटक भरिने गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा पदयात्रा क्षेत्रका विभिन्न स्थानमा युवा होटल व्यवसायमा लागेका छन् । पदयात्रा मार्गकै बनठाँटी हिलमा सनराइज लज सञ्चालन गर्दै आएकी प्रियङ्का गुरुङ पदयात्रामा आन्तरिक पर्यटक बढेजस्तै होटेल तथा व्यवसायमा युवा सक्रियता पनि उत्तिकै बढिरहेको बताउनुहुन्छ । अन्नपूर्ण सेरोफेरोअन्तर्गतका पदयात्रा मार्गमा आयआर्जनका धेरै विकल्प रहेको उहाँको भनाइ छ ।

रोजगारीको खोजीमा विदेशिने युवाका लागि यहीँ नै धैरै सम्भावना रहेको बताउँदै उहाँले यस क्षेत्रमा चौरीपालन पनि आयआर्जनको ठूलो विकल्प भएको उल्लेख गर्नुभयो । “मैले झण्डै २१ वर्षयता चौरीपालन गर्दै आएको छु, यसबीचमा अधिकतम ४८३ वटासम्म चौरी पालेँ”, उहाँले अनुभव सुनाउनुभयोे, “चौरीपालनका धेरै सम्भावना छन्, युवालाई यसतर्फ आकर्षित गर्न अझै सकिएको छैन ।”

सरकारले युवालाई स्वदेशमा नै आकर्षित गर्ने वातावरण तयार गर्नुपर्नेमा उहाँको जोड छ । पदयात्रा पर्यटनका क्षेत्रमा काम गर्दै आएको संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल९टान०मा क्रियाशील पदाधिकारी तथा सदस्य विभिन्न कार्यक्रमका क्रममा विदेश गए पनि त्यहाँका अनुभवलाई लिएर विदेश मोह त्याग्दै स्वदेशमै फर्की काम गर्ने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

उहाँका अनुसार पदयात्रा पर्यटन क्षेत्रमा विदेशभन्दा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोच युवामा बढ्दै गएको छ । नेपालको पदयात्रा पर्यटनमा प्रचूर सम्भावना रहेका कारण युवा शक्तिलाई आकर्षित गरी आय आर्जन गर्ने अवस्था निर्माणमा सरकारको पनि महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter