आयोगद्वारा छिटो काम गर्न पाँच समिति गठन

missing peopleकाठमाडौँ, मङ्सिर १८ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन र कारवाहीका लागि प्राप्त सिफारिशलगायत कामका लागि पाँच समिति समिति गठन गरेको छ ।

भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत सुधारको सुझाव तयारी समिति, परिपूरण सिफारिश मापदण्ड तयारी समिति, पीडकको बयान कार्यविधि तयारी समिति, बेपत्ता पीडित परिचयपत्र वितरण कार्यविधि तयारी समिति र कारवाही सिफारिश मापदण्ड समिति गठन गरिएको हो ।

ती समितिको संयोजकमा क्रमशः अध्यक्ष लोकेन्द्र मल्लिक, सदस्य विजुल विक दुलाल, प्रवक्ता प्रा डा विष्णु पाठकक, सदस्य नरकुमारी गुरुङ र अर्का सदस्य आइबहादुर गुरुङ हुनुहुन्छ ।

आयोगका प्रवक्ता प्रा डा पाठकका अनुसार आयोगले निर्धारित समयमै काम सम्पन्न गर्नका लागि विभिन्न पाँचवटा समिति बनाएर काम भइरहेको जानकारी दिनुभयो । बेपत्ता व्यक्तिको ५६ जिल्लामा विस्तृत अध्ययन सम्पन्न गरिसकेको उक्त आयोगको म्याद आगामी माघ २७ गते सकिँदैछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter