उपराष्ट्रपति पुनसँग चिनियाँ राजदूत होङको बिदाइ भेट

Nepal China flagकाठमाडौँ, मङ्सिर १९ गते । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ । सो अवसरमा उपराष्ट्रपति पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) परियोजनामा हस्ताक्षर तथा नेपाल र चीनबीच व्यापार तथा पारवाहनसम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

चीनका राजदूत होङले विकास र समृद्धिको यात्रामा नेपाल अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी भएको बताउँदै उहाँले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र यसमा आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter