व्यावसायिक मौरीपालनतर्फ आकर्षण

honeybee-honeycomb-macro_26201_990x742अमरगढी, पुस १ गते । परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।

मौरीपालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी बढ्दै गएको छ । आलिताल घरेलुका कर्णबहादुर बोहराले व्यक्तिगत लगानीमा ३२ घार मौरीमा व्यावसायिक मौरीपालन गर्न थाल्नुभएको छ । उहाँले एक लाख ८० हजार युवा लक्षित मौरीपालन र एक लाख व्यक्तिगत लगानी गरी मौरीपलनमा लागेको बताउनुभयो ।

सोही ठाउँकै अमरबहादुर बोहराले समेत अनुदान र व्यक्तिगत लगानी गरी २५ घार मौरीपालन गर्ने लागेको बताउनुभयो । पहिलेदेखि नै मुडे घारमा दुई÷तीन घार मौरीपालन गर्दै आउनुभएका बोहराले युवा लक्षित अनुदान पाएपछि गाउँमै व्यावसायिक मौरीपालन गरिरहेको बताउनुभयो । सरकाले दिएको अनुदानको सफल सदुपयोग गर्ने र उत्कृष्ट व्यवसायी बन्ने लक्ष्य रहेको समेत बोहराले बताउनुभयो ।

जिल्लाको भित्री मधेश क्षेत्रसँग जोडिएको साविकको आलिताल गाविस मौरीपालनका लागि पकेट क्षेत्र बन्दै गएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जानएको छ । खासगरी नेपाल सरकारले युवा लक्षित मौरीपालन कार्यक्रमको कार्यान्वयनपछि कमै मिहेनतमा मनग्य आम्दानी हुने भएकाले मौरीपालनतिर युवा वर्गमा आकर्षण बढ्दै गएको छ ।

जिल्लामा झण्डै दुई हजार परिवारले मौरीपालन गर्दै आएका छन् । आलिताल क्षेत्रमा मात्र ५०० किसानले मौरीपालन गर्दै आएको तथ्याङ्क छ । मौरीका लागि प्रयाप्त चरन क्षेत्र भएका कारणले आलिताल गाउँपालिकामा मौरीपालन फस्टाउँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताउनुभयो ।

हरेक वर्ष युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि जिल्लाका अन्य गाउँमा पनि मौरीपालनतर्फ आकर्षण बढ्दै गएको छ ।

दलित महिला पनि मौरीपालनतिर

सुदूरपश्चिमको केन्द्रविन्दु रहेको डडेल्धुरा जिल्लामा कूल जनसङ्ख्याको १४ प्रतिशत विभिन्न दलित समुदायको वसोवास रहेको छ । दैनिक ज्याला र मजदूरी गर्दै दिनचर्या बिताउँदै आएका दलित महिलामा नै मौरीपालनतिर आर्कषण बढ्दै गाएको छ ।

आलिताल गाउँपालिका जालटुडाकी पुनादेवी कामी अहिले व्यावसायिक मौरीपालनमा लाग्नुभएको छ । उहाँको परिवार वर्षौदेखि आफूसँग भएको सीपमा गुजार गर्दै आएको थियो र त्यो पेशाबाट दैनिकी चल्न नसकेपछि आफूले मौरीपालन व्यवसायमा रोजेको उहाँले बताउनुभयो ।

व्यावसायिक मौरीपालन अँगाल्नुभएकी उहाँले अहिले २० घारमा सेरेना जातको मौरी रहेका छन् । एक वर्षमा एक घारबाट पाँचदेखि सात केजीसम्म मह उत्पादन हुने गरेको उहाँको भनाइ छ । २० घारमा एक क्विन्टल मह उत्पादन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

जिल्लामा वार्षिक ७२ टन मह उत्पादन हुँदै गरेको साविककोे जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क रहेको छ । डडेल्धुराबाट एक वर्षमा तीन करोड ६० लाखको मह बिक्री हुने गरेको छ । महसँगै वार्षिक रु ६७ लाख ९० हजारसम्मको मौरीका गोलासमेतको घार बिक्री भइरहेको जिल्ला कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयो ।

डडेल्धुरा जिल्लामा आधुनिक १० हजार घार र पाँच हजार मुडे घारमा मौरीपालन भइरहेको साविको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter