द्वन्द्व र शान्ति झल्काउन सिक्लेसमा शान्ति स्तम्भ

Peace Lampपोखरा, पुस ३ गते । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा मुलुक पिल्सिएका बेला शान्तिको धिपधिपे दियो बाल्न सफल सिक्लेसमा शान्ति सम्झौता प्रतिबिम्बित हुने गरी शान्ति स्तम्भ निर्माण गरिएको छ ।

टलक्क टल्कने चाँदीको हिमाल जस्तै देखिने एउटै ढुङ्गामा कँुदिएको स्तम्भमा द्वन्द्वताकाको अवस्था झल्काइनाका साथै त्यसयता विकसित राजनीतिक घटना क्रमलाई समेटिएको छ । हिमाल, पहाड र तराईको समग्र भू–भागलाई एउटै थलोमा समेट्दै द्वन्द्वकालीन घटनाका सम्झनालाई प्रतीकात्मक रुपमा यसमा प्रस्तुत गरिएको छ । परिकल्पना गर्न झण्डै २० दिन र निर्माणमा अढाई महिनाको अवधि खर्चेको स्तम्भका निर्माता एवं परिकल्पनाकार नारदमणि हार्जम्छाली (कलाङ) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्मारक परिसरमा निर्माण गरिएको त्रिभुज आकारको स्तम्भको सबैभन्दा माथिल्लो भागमा रातो, पहँेलो र नीलो रङका तीन वटा बत्ती जडान गरिएको छ जसलाई सङ्घर्ष, प्रतिवाद र संवादको रुपमा लिइएको छ । द्वन्द्वकालीन सङ्घर्ष, रगत, पसिना, आँशु, रातो विम्बका रुपमा प्रस्तुत गरिएको छ । विशेष गरी सो स्तम्भको पिंध पोखरी परिसरमा द्वन्द्वका समयमा शहादत प्राप्त गर्ने पाँच महिला र १० पुरुषको टाउका देखाइएको छ । यहाँ द्वन्द्वमा महिलाको सहभागिता रहेको समेत झल्काउन खोजिएको छ ।

स्तम्भमा पीडा एवम् श्रमलाई दर्शाउन पहेँलो र आँशुलाई बुझाउन नीलो रङ प्रयोग गरिएको छ । स्तम्भमा दुई पक्षबीच हात मिलाएर अङ्कमाल गरिएको र दिगो शान्तिको प्रतीकको रुपमा परेवाको चित्र कोरिएको छ ।

विस्तृत शान्ति प्रक्रिया १२ वर्ष पुगेको अवसरमा निर्माण गरिएको यो स्तम्भलाई बाह्रबुँदे सम्झौताको सम्झनाका रुपमा तीनवटै कोणमा चार÷चार गरी कुल बाह्रवटा धारासमेत निर्माण गरिएको कलाकार कलाङ बताउनुहुन्छ । प्रविधि जडित धाराबाट पानी निरन्तर प्रवाह भइरहने व्यवस्था मिलाइएको छ ।

द्वन्द्वका अवसरमा ज्यान गुमाएका युवा, महिला, पुरुष एवं मुकुण्डो, द्वन्द्वकालीन टोपी, हेलमेट, कुखुरी, हँसिया र तरवारलगायतका विभिन्न घरेलु हतियार स्तम्भमा चित्रित छ । स्तम्भभित्रै तरवार र हँसिया भाँचिएको देखाउँदै युद्धको अन्त्य र शान्तिको प्रारम्भ भएको सङ्केत देख्न सकिन्छ ।

द्वन्द्वकालीन अवस्थामा ज्यान गुमाएका करीव १७ हजार जनताको पोखरीभित्र साङ्केतिक विम्बहरुको दृश्य रहनाका साथै शान्ति र क्रान्तिका विविध पक्ष दर्शाइएको छ ।

तत्कालीन सरकार र विद्रोही माओवादीबीच शान्ति सम्झौता गरिएको सङ्केत स्वरुप सरकार, माओवादी र राजनीतिक दलको त्रिकोणात्मक सन्तुलनलाई पनि स्तम्भमा समेटिएको छ ।

ललितकला, वास्तुकला, मूर्तिकला र चित्रकलासहित चारवटै विधि प्रयोग गरिएको बताउँदै कलाकार कलाङले भन्नुभयो – “स्तम्भ निर्माणमा ढुङ्गा, हतौडा, छिनो, ग्रील र ड्रिल मेसिन जस्ता औजार प्रयोग गरिएको हो ।”

मादी गाउँपालिकाको वडा नं ७ तप्राङ भेडिखर्कबाट ठूलो मेहनतका साथ जेसिभी र ट्रयाक्टरको प्रयोग गरी ल्याइएको उक्त ढुङ्गाबाट पाँच फिट तीन इन्च उचाइ र ३७ इन्च चौडाइको स्तम्भ निर्माण गरिएको हो ।

भोजपुरको षडानन्द गाउँपालिका–११ मा आज भन्दा ६० वर्ष अघि जन्मनुभएका जोशिला र पूmर्तिला कलाकार कलाङले यसअघि पेरिस डाँडामा शहीद तथा बेपत्ता स्मृति स्तम्भ बनाइसक्नुभएको छ भने इटहरी तथा भीमफेदीमा पनि यस्तै प्रकारका स्तम्भ निर्माण गरिसक्नुभएको छ ।

विसं २०६२ जेठ महिनामा तत्कालीन माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन गृहमन्त्री एवं वार्ता समितिका संयोजक कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा भएको पहिलो भेटवार्तापछि विकसित राजनीतिक घटना क्रमले देश वर्तमान अवस्थासम्म आइपुगेको हो । जोखिम मोलेर देशलाई शान्ति प्रक्रियामा डो¥याउन महत्वपूर्ण योगदान गर्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्ड र काँग्रेस नेता सिटौलाले शान्ति स्तम्भको यही मङ्सिर २४ गते सामूहिक रुपमा अनावरण गर्नुभएको थियो ।

नेपालकै मध्यविन्दु मानिने पर्यटकीय गाउँ सिक्लेसमा करीब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको सो स्तम्भका लागि गाउँपालिकाको १० लाख अनुदान र पाँच लाख रुपैयाँ बराबरको स्थानीय जनश्रम परिचालन गरिएको उपभोक्ता समितिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्तम्भ निर्माण गरिसकेपछि सिक्लेसमा आफूले पाएको स्नेह र त्यहाँको वातावरणले प्रभावित भई कलाकार कलाङले आफुूले पाउने पारिश्रमिकबाट दुई लाख रुपैयाँ उपभोक्ता समितिलाई सहयोग गर्नुभएको थियो । उहाँलाई कुल चार लाख रुपैयाँ पारिश्रमिक दिने सहमति भएको थियो ।

शान्ति प्रक्रियाको थालनीको प्रारम्भ सिक्लेस भएकै कारण त्यसको संस्मरणमा शान्ति स्तम्भ निर्माण गरिएको मादी गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ (श्याम) बताउनुहुन्छ ।

उहाँका अनुसार प्राकृतिक संरक्षण कोष (एनटिएनसी) को हातामा निर्माण गरिएको स्तम्भले सिक्लेस गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँमा यसअघि स्वागतद्वार, भ्यूटावर र सङ्ग्रहालयलगायतका विभिन्न भौतिक संरचना निर्माण गरिसकिएको छ ।

स्तम्भको निर्माणपछि अब यस गाउँलाई शान्ति प्रक्रियाको अध्ययन अवलोकन गर्ने थलोको रुपमा प्रवद्र्धन गर्न सहयोग पुग्ने सिक्लेस युवा क्लबका सल्लाहकार देवीजङ्ग गुरुङको विश्वास छ । सिक्लेस होमस्टे व्यवस्थापन समितिका अध्यक्ष टाइमाया गुरुङ स्तम्भ निर्माणपछि थप पर्यटक आकर्षित हुनेमा आशावादी हुनुहुन्छ ।

उहाँका अनुसार गाउँका २२ वटा घरमा १०० भन्दा बढी पाहुना राख्न सक्ने क्षमता छ । शुक्रबार आन्तरिक पर्यटकको भीड लाग्ने गरेको कारण समितिले थप कोठाको व्यवस्था गर्ने तयारी गरिरहेको छ । असोज, कात्तिक र मङ्सिर महीनामा पर्यटकको सङ्ख्यामा वृद्धि भएको र तीन महिनामा लगभग छ लाख रुपैयाँ बराबरको आम्दानी भएको नमस्ते गेष्ट हाउसका सञ्चालक कुमारी गुरुङले राससलाई बताउनुभयो ।

यहाँ अर्गानिक चामल, साग, भट्ट, अचार लगायतका विभिन्न परिकारसहित साँझको चिया, बिहानको नास्ता, खाना र बासको एक हजार र मासु खानामा थप २०० पर्छ ।

समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित उक्त पर्यटकीय गाउँसम्म पुग्ने लगभग ४० किलोमिटर काहुँखोला–सिक्लेस सडक आगामी दुई वर्षभित्र निर्माण गरिने प्रदेशसभा सदस्य मनबहादुर गुरुङ बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter