प्राविधिक शिक्षाको विकासले नै राष्ट्र समृद्ध हुनसक्छ ः मुख्यमन्त्री गद्दी

lal babu rautपर्सा, पुस ७ गते । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले थालनी थरेको “बेटी बचाइ, बेटी बढाइ” अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरुको शिक्षाका लागि बीमाको योजना लागू गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।

वीरगञ्ज पब्लिक कलेजले आज वीरगञ्जमा आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले तराईमा रहेको दाइजो तथा बालविवाहलाई रोक्न बीमा योजना कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री गद्दीले छोरीलाई शिक्षित गरे मात्र राष्ट्र र समाजको विकास सम्भव भएकाले नै रोजगारीको सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्ष दिएको र निजामतीमा समेत आरक्षण दिने तयारी गरेको बताउनुभयो ।

उहाँले औपचारिक शिक्षाले मुलुकको विकास सम्भव नभएकाले अब प्राविधिक शिक्षाको विकासतर्फ उन्मुख हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदश नं २ लाई प्रविधिक शिक्षाको केन्द्रविन्दु बनाउन प्रदेश सरकार गृहकार्यमा लागेको जानकारी दिनुभयो ।

वीरगञ्ज पब्लिक कलेजका प्रबन्धक दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट एमविए, एमविएस, विविए, विविएस उत्तीण गरेका १३१ जना विद्यार्थीलाई मुख्यमन्त्री गद्दीले प्रमाणपत्र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter