नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता

Flag of Nepal and Irlandकाठमाडौँ, पुस १० गते । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा नेतृत्वको १९ सदस्यीय उद्यमी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार लखनउमा भएको भेटवार्तामा उहाँले सहयोगको आश्वासन दिनुभएको हो ।

उहाँले आपसी व्यापार बढाउन नेपाल–भारत सीमा क्षेत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जानकारी दिँदै नेपालको विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने प्रतिबद्धता दोहो¥याउनुभएको महासङ्घले आज जनाएको छ ।

गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने बताउँदै मुख्यमन्त्री योगीले नेपालगञ्ज–कैलाश मानसरोवर तीर्थयात्राको विकास र धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउने आश्वासन दिनुभयो ।

अध्यक्ष राणाले दुई मुुलुकबीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा उत्तर प्रदेश सरकारबाट निरन्तर सहयोग हुने आशा व्यक्त गर्नुभयो । “नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रको विकासमा उत्तर प्रदेश सरकारको सक्रिय सहयोगको अपेक्षा गरेका छौँ”, अध्यक्ष राणालाई उद्धृत गर्दै महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल र उत्तरप्रदेशबीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन महासङ्घको प्रतिनिधिमण्डल उत्तर प्रदेश राजधानी लखनउ पुगेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter