आर्थिक समृद्धिमा पु¥याउन माग गर्दै प्रधामन्त्रीलाई फोरमको स्मरणपत्र

PM Oli Newकाठमाडौँ, पुस २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घीय समाजवादी फोरम नेपालले मुलुकलाई चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सरकारले चालेको कदमलाई प्रभावकारीरुपमा लैजान माग गर्दै आज लागि स्मरण पत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटी ११ बुँदे स्मरणपत्र बुझाएको फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले जानकारी दिनुभयो । स्मरणपत्र बुझाउँदा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता रहनुभएको थियो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्य गरी मुलुकबाट गरीबी, बेरोजगारी, आर्थिक फछ्र्यौटेपन, असमानता र विभेदलाई अन्त्य गर्दै सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, समावेशी प्रतिनिधित्वसहितको समावेशी लोकतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ तीव्रगतिमा अगाडि बढ्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई पूरा गर्नका लागि स्मरणपत्र बुझाएको बताउनुभयो ।

स्मरणपत्रमा मुलुकको विद्यमान राष्ट्रिय समस्यालाई हल गर्न, नीति निर्माण र त्यसको कार्यान्वयनमा सहयोग पु¥याउन दुवै पार्टीको बीचमा संयुक्त कार्यदल बनाउनुपर्ने माग गरिएको छ ।

फोरम नेपालले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धिलाई संस्थागत गर्न र राष्ट्रिय समस्यालाई हल गर्नका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसद्को यसै सत्रमा विधेयक पारित गराउनुपर्ने उल्लेख छ । यसैगरी ऐन÷कानून निर्माण वा संशोधन गर्दा सङ्घीय गणतन्त्र मजबुत हुने गरी निर्माण गर्नुपर्ने, मुलुकमा बढ्दो अराजकता, ढिलासुस्ती, कमिशनतन्त्र, भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गरी जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउनुपर्नेलगायतका स्मरणपत्रमा रहेका छन् ।

यसैगरी प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सङ्घीय गणतन्त्रको भावना अनुकूल आवश्यक अधिकार, शक्ति, स्रोत र साधन उपलब्ध गराई सङ्घीय गणतन्त्रलाई संस्थागत गरी मजबुत बनाउनुपर्ने, विगतमा भएका मधेश÷थरुहट आन्दोलनका क्रममा राजनीतिक नेता तथा कार्यकर्तामाथि दमन गर्न लगाइएका मुद्दा फिर्ता गराउनुपर्ने उल्लेख छ । विभिन्न आयोगलाई पूर्णरुपले क्रियाशील बनाउन समावेशीतालाई ध्यानमा राखी आवश्यक आपसी परामर्श र समझदारीका आधारमा नियुक्ति गरी पूर्णता दिनुपर्ने, विकासका दृष्टिकोणले पछाडि पारिएका वा परेका कर्णाली प्रदेश र प्रदेश नं २ लाई विकास र निर्माणका लागि विकाससम्बन्धी विशेष योजनाको व्यवस्थागर्नुपर्ने लगायतका विषय स्मरणपत्रमा समावेश छन् ।

यस्तै फोरम नेपालको जिम्मेवारीमा परेका मन्त्रालयको कार्य प्रभावकारितालाई बढाउन आवश्यक वातावरण, सहयोग र समन्वय गर्नुपर्ने, कर्मचारीतन्त्रमाथिको राजनीतिक परनिर्भरतालाई कम गरी सरकारको नीति निर्माण, निर्णय र कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्ने र राष्ट्रियहितको प्रतिकूल नहुने गरी द्विपक्षीय वा बहुपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मामिलामा सन्तुलित सम्बन्ध र कूटनीतिक प्रयास गर्नुपर्ने स्मरणपत्रमा उल्लेख गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter