• Friday, May 02, 2025

नेपाल भ्रमण वर्ष सफल बनाउन पूर्वाधार र प्रचार वर्ष घोषणा

Visit Nepal Year 2020कञ्चनपुर, पुस २१ गते । भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ । नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्षमा नगरपालिका क्षेत्रमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार र प्रचार वर्ष घोषणा गर्नु भएको हो । पर्यटनलाई भीमदत्त नगर समृद्धिको प्रमुख आधार मानेर कार्यक्रम सञ्चालन गरिएका छन् ।

पर्यटकीयस्थलको संरक्षण, प्रवद्र्धन, पूर्वाधार विकासलगायतका कार्यक्रमका लागि सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको हो । चौथो नगरसभाबाट यसका लागि थप नीति तथा कार्यक्रम पारित गर्न छलफल गरिएको छ । भीमदत्त नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित महाकाली नदीको झोलुङ्गे पुल, झिलमिला ताल, विष्णु मन्दिर धाम, भम्केनी धाम, बाराकुण्डा, रौटेला, तिलकपुरको मिनी लिङ्गा, महाकाली नदीको मौन दृश्य, टुँडीखेलको ५२ ढोके, कालिताल झरना, शिवधाम क्षेत्र, ब्रह्मदेवस्थित शिद्धनाथ मन्दिर, कलपटे मन्दिर, राना थारू संस्कृति, सुदूरपश्चिमेलीको प्रमुख चाड गौरालगायतका धार्मिक पर्यटकीयस्थल र सांस्कृतिक सम्पदा छन् ।

त्यसमध्ये नगरप्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खुला विश्वविद्यालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ । भीमदत्तमा पर्यटन प्रवद्र्धनका लागि उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीयस्थल जोडिने गरी जैविक धार्मिक पर्यटनमार्ग निर्माण गरिएको छ । शुक्लाफाँटा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटनमार्ग शुरु गरिएको छ ।

महाकाली नदीको झोलुङ्गे पुल नजिक नदी किनारको नर्सरीमा पिकनिक स्पट र उद्यान बनाउने कार्यक्रम छ । गत वर्ष गुरुयोजना निर्माण गरिएको योजनाका लागि रु ५० लाख बजेट छ । झोलुङ्गे पुल हेर्न आउने पर्यटकलाई उद्यानबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसार पु¥याएर चित्तल अवलोकन गराउने लक्ष्यका साथ योजना अघि सारिएको छ । हात्तीसारमा चित्तल देखाएपछि पर्यटकलाई नयाँ कटानको राना थारू घरबास ९होमस्टे०मा पु¥याउने लक्ष्य राखिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मझगाउँ विमानस्थल किनारको सडक कालोपत्रका लागि ठेक्का आह्वान गरिएको छ । रु एक करोड ४० लाखको ठेक्का केही दिनभित्र सम्झौता भएर निर्माणकार्य शुरु गर्ने तयारी गरिएको छ । जैविकमार्गको उद्गम रौटेला मन्दिर क्षेत्रमा भीमदत्तका सबै वडाको प्रतिनिधित्व हुने गरी १९ फिटको त्रिशूल बनाउने तयारी गरिएको छ ।

बाराकुण्डा क्षेत्रका १२ कुण्ड पुनःभरण गरिएका छन् । भारतको पूर्णागिरि माताका दर्शनार्थीलाई बाराकुण्डा पु¥याउन कुण्ड पुनःभरण गरिएका हुन् । बाराकुण्डालाई तपोभूमिका रुपमा चिनिन्छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिसँग सहकार्य गरी बाराकुण्डा क्षेत्रको धार्मिक पर्यटकीय गुरुयोजना बनाएर कुण्ड पुनःभरण गरिएका हुन् ।

विष्णु मन्दिर धाम, भम्केनी धाम, कालीताल झरना र झिलमिला ताल पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सारिएका छन् । झिलमिलासम्म मोटर पु¥याउन मटेनाबाट पक्की सडक निर्माणकार्य जारी राखिएको छ । ताराकोटमा भ्यूटावर निर्माणका लागि तयारी गरिएको छ । झिलमिला ताल संरक्षणका लागि राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिसित सहकार्य गरी कार्यक्रम तयार गरिएको छ । यस वर्ष रु १५ लाखमा झिलमिला ताल चेक ड्याम निर्माण हुने नगरपालिकाको वडा नं ९ का अध्यक्ष राम नाथले बताउनुभयो ।

नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले स्थापना गरेको भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन नगरप्रमुख विष्टले रु एक करोड सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पूर्णागिरि माता दर्शनार्थीलाई कौवानी भएर नेपालतिर ल्याउन महाकाली नदीमा झोलुङ्गे पुल वा घाट खोल्ने विषयमा छलफल गरिएको नगरप्रमुख विष्टले बताउनुभयो ।

महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा साहसिक जलयात्रा ९¥याफ्टिङ० का लागि स्थलगत अध्ययन गरिएको छ ।

छोराको सम्झनामा विद्यालयमा खानेपानी

दिवङ्गत छोराको सम्झनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का पुष्पराज बस्नेतले धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरमा रु दुई लाख खर्चेर खानेपानी योजना निर्माण गर्नुभएको छ ।

आयोजनाअन्तर्गत डिपबोरिङ जडानसँगै खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । खानेपानी आयोजनाबाट एक हजार जना लाभान्वित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम धानुकले बताउनुभयो ।

विद्यालयमा शुद्ध खानेपानीको निकै अभाव थियो, उहाँले भन्नुभयो, “दिवङ्गत छोराको स्मृतिमा बस्नेत दम्पतीले खानेपानी आयोजना निर्माण गरिदिएपछि शुद्ध खानेपानी उपलब्ध भएको छ ।”

दिवङ्गत पिताको स्मृतिमा एक लाखको अक्षयकोष

शुक्लाफाँटा नगरपालिका–७ का मुकुन्द कँुवरले दिवङ्गत पिता रणबहादुर कुँवरको स्मृतिमा विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

विद्यालयसँग गरिएको सम्झौताअनुसार कोषमा जम्मा रकमको ब्याजबाट जेहेन्दार, आर्थिक रूपमा विपन्न र असहाय विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीले बताउनुभयो । विद्यालयको पर्खाल निर्माणका लागि प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले विद्यालयलाई भौतिक निर्माणका लागि रु २० लाख रकम प्रदान गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter