• Thursday, May 29, 2025

टेलिकमको ‘विन्टर अफर’

Nepal Telecomeकाठमाडौँ, पुस २९ गते । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ ।

उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ ।

सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम डाटा भोलुम बेस्ड डाटा प्याक, अनलिमिटेड डाटा प्याक, अल टाइम सोसियल डाटा प्याक, अल टाइम डाटा स्ट्रिमिङ प्याक रहेका छन् । त्यस्तै, अल टाइम फोरजी डाटा प्याक जीएसएम÷सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रतिवेदनको डाटा प्याक, अल टाईम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियूजी प्याकेजलगायतका सेवामा अफर दिइएको छ ।

कम्पनीका अनुसार ह्याप्पी विन्ड प्याकअन्तर्गत जीएसएम, सीडीएमए, प्रिपेड, पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतरबार प्रत्येक दिन एक जीबी डाटा प्रयोग गर्न सकिने छ । सो सेवा रु १०० मा सात दिनको हुनेछ ।

अलटाइम डाटा प्याकअन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने छ । यसमा रु १० देखि रु ५०० को प्याक उपलब्ध गराइनेछ । सो सेवामा बोनससहित २३ एमबीदेखि चार हजार ५०० एमबी सम्मका प्याकेज खरीद गर्न सकिनेछ । सो प्याकेज १ दिनदेखि २८ दिनको हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नाइट टाइम भोलुम बेस्ड डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । सो प्याकअन्तर्गत रु ५ मा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिनेछ । त्यस्तै ७ दिनसम्मको अवधिमा रु ४५ मा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७८८० एमबी डाटा रु ३०० मा प्रयोग गर्न सकिने प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

अनलिमिटेड नाइट टाइम डाटा प्याकअन्तर्गत रु १५ मा राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ । यसको अवधि डाटा खरीद गरेको एक दिनसम्म हुनेछ । यस्तै डे प्याक, एसएमएस प्याक, एफटीटीएच व्यक्तिगत प्याकेज, एफटीछीएच कर्पोरेट युजर प्याकेज, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकजे, विद्यार्थी अफर, इण्डिया कल अफर, मिस्ड कल अलर्टजस्ता सेवामा पनि अफर प्याकेज उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter