ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक

Hydro Conferenceकाठमाडौँ, माघ ४ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । आजदेखि यहाँ शुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उहाँले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्ति धेरै समस्या नभए पनि नीतिगतरुपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिनुभयो ।

विगतमा अत्यास लाग्दो विद्युत्भार कटौतीको युग अन्त्य भएर नेपाल नयाँ उज्यालो युगमा प्रवेश गरेको भन्दै उहाँले ठूलोमात्रामा रहेको व्यापार घाटा अन्त्य गर्न पनि ऊर्जाको क्षेत्रमा केही न केही नयाँ गर्नैपर्ने अवस्था आइपुगिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “उज्यालो नेपालको प्रक्रिया अगाडि बढेको भए पनि वर्षेनी भारतबाट विद्युत् आयातको मात्रा बढ्दा त्यसले व्यापार घाटा बढाउँदै गएको छ । त्यसलाई नियन्त्रण गर्न पनि ऊर्जा क्षेत्रमा लगानी बढाउनु जरुरी छ । पेट्रोलियम पदार्थको आयात कम गर्ने उपाय पनि जलविद्युत् क्षेत्रको विकास नै हो । त्यसतर्फ लाग्नैपर्छ ।”

ऊर्जा क्षेत्रको विकास र विस्तारबाट मात्रै औद्योगिकीकरण सम्भव भएको भन्दै उहाँले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको विस्थापन गर्न पनि विद्युत् नै उपयुक्त साधन भएको बताउनुभयो ।

उहाँले अब हरेक घरमा विद्युतीय उपकरणबाट खाना पकाउने प्रणाली जडानमा जोड दिनुपर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनमा लाग्नुपर्ने र सरकारले आफ्ना नीति तथा कार्यक्रम पनि त्यसतर्फ केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले विकास निर्माणको काममा बढीभन्दा बढी प्रविधिको प्रयोग गर्नुपर्ने र सहजरुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “सहजै काम हुने र काम गर्ने वातावरण बनाउनु जरुरी छ । क्रमशः त्यस दिशामा सरकार र निजी क्षेत्र पनि केन्द्रित भइरहेको छ । थप बढावा दिनु जरुरी रहेको छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै देशको ऊर्जा क्षेत्रमा ठूलो समृद्धि आउने बताउनुभयो । उहाँले निजी क्षेत्रमैत्री नियम तथा कानूनको व्यवस्था गर्न र त्यसको व्यावहारिक कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउनका लागि पनि स्पष्ट कानूनी आधार र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उपराष्ट्रपति पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गर्नुभयो ।

एक्स्पोमा ८५ भन्दाबढी प्रदर्शकले १०० भन्दा बढी कक्ष बुकिङ गरेका छन् । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।

चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया, बङ्गलादेश तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी एक्स्पोमा सहभागी भएका छन् । यस्तै जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीको सहभागिता छ ।

आधुनिक सौर्य प्रणाली, विद्युतीय सवारीसाधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, आकर्षणका रुपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter