• Friday, May 02, 2025

बालबालिका क्षेत्रमा थप लगानी वृद्धि गरिनुपर्छ ः सभामुख महरा

Krishna-Bahadur-Maharaकाठमाडौँ, माघ ५ गते । प्रारम्भिक बाल विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका केन्द्रका संस्थापक अध्यक्ष अगाथा पाख्रिन थापा सम्मानित हुनुभएको छ ।

प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले संस्थापक अध्यक्ष थापालाई सम्मान गर्दै बालअधिकार संरक्षणमा सबै क्षेत्र गम्भीर बन्नुपर्छ भन्नुभयो ।

उहाँले बालबालिकाको समग्र हितमा थप कानूनी तथा नीतिगत सुधारका लागि संसद्ले ध्यान दिएको जानकारी दिँदै राज्यले बालबालिका क्षेत्रमा थप लगानी बढाउनसमेत आग्रह गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकाको अधिकार संरक्षणमा सरकारले विशेष ध्यान दिएको चर्चा गर्नुभयो ।

सम्मानित व्यक्तित्व थापाले आफूले हालै प्राप्त गरेको अन्तर्राष्ट्रिय पुरस्कार बालबालिकाको हितमा नै खर्च गरिने जानकारी दिनुभयो । प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहका संयोजक सत्य पहाडी, सचिव नारदमुनि राना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, सेतो गुराँसका अध्यक्ष जयराम गिरीले प्रारम्भिक बाल विकासका क्षेत्रमा थापाले अतुलनीय योगदान दिनुभएको चर्चा गर्नुभयो ।

हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ३० हजार ४४८ बाल विकास केन्द्र सञ्चालित रहेका छन् । यस्ता केन्द्रका क्षमता अभिवृद्धि गर्न सेता गुराँसले आर्थिक एवं प्राविधिक सहयोगसमेत प्रदान गर्दै आएको छ ।

विसं २०३६ मा स्थापना भएको सो संस्थाका संस्थापक अध्यक्ष थापाले हालै स्वीट्जल्याण्डस्थित ज्याकोब्स फाउण्डेशनले ‘क्लाउस् जे ज्याकोब्स पुरस्कार २०१८’ प्रदान गरेको थियो । सो पुरस्कारको करीब राशि रु एक करोड ३० लाख रहेको बताइएको छ ।

संविधानमा प्रारम्भिक बाल विकासलाई बालबालिकाको मौलिक हकका रुपमा स्थापित गरिएको छ । हाल सो संस्थाले देशका ५९ जिल्लामा प्रारम्भिक बालविकासका लागि महिला स्रोत व्यक्ति तयार गरी तालीम पैरवी गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter