• Saturday, May 03, 2025

काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ हुँदै

Women Enterpriseकाठमाडौँ, माघ ९ गते । सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्न काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ आयोजना गरिने भएको छ ।

अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४०० बढी प्रतिनिधिको सहभागिता रहने सो अवसरमा परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिनुभयो । “सरकारको ध्यान पनि समृद्ध राष्ट्र निर्माणको अभियानमा छ, हामी पनि उद्योग व्यवसायको विकास होस् भन्ने चाहन्छौँ, खासमा हामीले नेपालमा औद्योगिक वातावरण बनाउन चाहेका छौँ, त्यसैका लागि यो सम्मेलन हो”, शर्माले भन्नुभयो । सम्मेलनपछि सातै प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गर्ने योजना रहेको जानकारी दिँदै उहाँले त्यसका लागि प्रदेशमा के के सम्भावना छ भनेर सबै उद्योगमन्त्रीलाई समेत भेला गर्न लागिएको जानकारी दिनुभयो ।

उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले सातै प्रदेशमा के सम्भावना छ भन्ने कुराको पहिचान नभएसम्म प्रदेशमा उद्यमशीलता विकास नहुने भएकाले सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । “नेपालमा पूँजी छैन भन्ने होइन, तर उद्यमशीलतामा लगानी गर्न अझै हिच्किचाहट छ”, महानिर्देशक सिंहले भन्नुभयो, “यस्तो बीचमा हुन लागेको सम्मेलन आफैँमा महत्वपूर्ण छ ।” उहाँले लगानी वृद्धि नगरी उत्पादन वृद्धि नहुने र उत्पादन वृद्धि नभए निर्यात पनि बढाउन नसकिने भएकाले युवा उद्यमीलाई व्यवसायमा सहभागी गराउनु जरुरी रहेको बताउनुभयो । धेरै ऐन उद्योगमैत्री बनाएर संशोधनको तयारीमा रहेको जानकारी दिँदै सिंहले त्यसपछि एउटा वातावरण तयार हुने उल्लेख गर्नुभयो ।

युवा उद्यमी विशाल गैरेले सम्मेलन सकिएपछि सन् २०१९ भित्रै सात प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गरेर लगानीको वातावरण सिर्जना गर्न पहल गरिने बताउनुभयो । पछिल्लो समयमा घर, जग्गा तथा सटरमा लगानी बढ्दो रहेको भन्दै यसलाई विस्थापित गरेर उद्योग व्यवसायमा लगानी गर्न प्रेरणा जगाउनुपर्नेमा व्यवसायीको जोड थियो ।

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित, प्रदेश उद्योगमन्त्री, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter