घुम्ती शौचालय सञ्चालनमा

toiletराँझा, माघ ९ गते । नेपालगञ्ज उप–महानगरपालिकाले आजदेखि घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ ।

नगर क्षेत्रको व्यस्त स्थान गणेशपुर बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चोक र त्रिभुवन चोक गरी चार स्थानमा घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो । कुल रु ५९ लाख लागतमा उक्त घुम्ती शौचालय सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाले निरन्तरको प्रयासपछि सञ्चालनमा ल्याइएको घुम्ती शौचालयको सहज सञ्चालन, उपभोग र व्यवस्थापनमा सबैको साथको आवश्यकता रहेको बताउँदै पर्याप्त सार्वजनिक शौचालयको अभावमा भोग्नु परेको सास्तीलाई सम्बोधन गर्न घुम्ती शौचालय सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

एक ठाउँबाट अर्को ठाउँ सहजै लैजान सकिने सो अत्याधुनिक शौचालयमा एकै पटक आठ जनाले प्रयोग गर्न सक्ने छ । यसको सञ्चालनपछि नगरको सरसफाइमा मद्दत पुग्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो ।

तीन महिनाका लागि शौचालय सञ्चालन गर्न रु ७० हजारमा सरसफाईकर्मी भानु भट्टलाई जिम्मेवारी दिइएको छ । सञ्चालन खर्चका लागि उपभोक्तासँग पिशाव गरे वापत रु ५ र दिसा गरेवापत रु १० शुल्क लिइने भट्टले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter