• Saturday, May 03, 2025

पर्यटन विकासका लागि साझा कार्यसूची बनाउँदै

tourists-visiting-Nepalबलेवा, माघ १० गते । पर्यटन क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ पालिकाको बीचमा सहकार्य हुने भएको छ ।

पूर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ पालिकाको बीचमा सहकार्य हुने भएको छ । यसका लागि संयुक्त कार्यशाला गोष्ठीको तयारी थालिएको छ ।

सहकार्यका लागि आयोजना हुने गोष्ठीमा बागलुङका दशवटै स्थानीय तहसहित म्याग्दीका तीन, पर्वतका तीन र गुल्मीका तीन वटा गाउँपालिका तथा नगरपालिकालाई सहभागी गराइने तयारी भइरहेको धौलागिरि पर्यटन प्रवद्र्धन समितिका संयोजक खिमानन्द कँडेलले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सिमानामा पर्नेे गाजाको दहमा यही माघको १२ गते आयोजना हुने संयुक्त गोष्ठीमा पर्यटकीय क्षेत्रको विकासका लागि साझा धारणा बनाउने र सहकार्यको वातावरण सिर्जना गरिने संयोजक कँडेलले बताउनुभयो ।

“पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथको बीच भागमा विशेष पर्यटकीय क्षेत्र बनाउने अभियान थालनी गरेका हौँ,” संयोजक कँडेलले भन्नुभयो, “सबैलाई सँगै लिएर जान सकियो भने हामी गन्तव्यमा पुग्न सक्छौँ ।”

“हामीले गाजा हुँदै बिहुँ र तङ्ग्रामको घरवाससम्मको यात्रा बनाउँदा यहाँका कयौँ पर्यटकीय क्षेत्र समेट्न सकिन्छ,” बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले भन्नुभयो, “गोष्ठीले निकालेको निष्कर्षमा उभिएर पर्यटन क्षेत्रमा परिणाम दिने गरी कामको थालनी हुनेछन् ।”

गोष्ठीमा बागलुङ, पर्वत, म्याग्दी र गुल्मीका १९ वटा स्थानीय तह, पोखरामा रहेका पर्यटन व्यवसायी र गाउँ पर्यटन मञ्च नेपालसँग आबद्ध झण्डै ५० वटा संस्थाको सहभागिता रहने छ । गोष्ठीका लागि आवश्यक सबै प्रबन्ध स्थानीय जैमिनी र गल्कोट नगर तथा बरेङ र काठेखोला गाउँपालिकाले गर्नेछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter