• Friday, May 02, 2025

आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन ः उपप्रम पोखरेल

Ishwor Pokharelकावासोती, माघ १८ गते । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन भएको बताउनुभएको छ । नवलपरासी पूर्व नवलपुरको पिप्रहर सामुदायिक होमस्टे (घरबास) ग्राममा भएको होमस्टे एशोसिएसन नेपालको दोश्रो राष्ट्रिय कार्यशालामा बोल्दै उहाँले पर्यटनमार्फत मुलुकको आर्थिक विकास गर्न सकिने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक विकासका लागि सहज हुने हिसाबले ऐन र कानूनहरु बनाउन लागिरहेको बताउनुभयो । नेपालमा प्राकृतिक हिसाबले अनगिन्ती गन्तव्य रहेको बताउँदै उहाँले आर्थिक विकासका लागि पर्यटनसँगै कृषि, जलस्रोत र उद्योगको विकास नै प्रमुख रहेको उल्लेख गर्नुभयो । पर्यटनको विकासमा घरबासले ठूलो सहयोग पु¥याएको उहाँको भनाइ छ ।

“पर्यटन रमाइलो गर्ने मात्र होइन, रोजगारी र स्वरोजगार बनाउने पनि हो”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “त्यो काम सामुदायिक होमस्टेले गरेका छन् । उहाँले घरबासको प्रवद्र्धनका लागि नीति बदल्न परे पनि सङ्घीय सरकार तयार रहेको बताउनुभयो ।

तीन दिनसम्म चल्ने कार्यशालामा देशभरका घरबास सेवाको गुणस्तरीयतामा वृद्धि, एकरुपता, प्रवद्र्धन, विकास बजारीकरण एवं हकहितका कार्यक्रम सञ्चालन गर्दै नेपालको ग्रामीण तथा शहरी पर्यटन विकास कसरी गर्नेतर्फ समेत सम्मेलन केन्द्रित हुने बताइएको छ ।

सम्मेलनमा देशैभरि रहेका करीब २५० घरबासका प्रतिनिधिको सहभागिता रहेको छ । सिमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, सांस्कृतिक–प्राकृतिक सम्पदाको संरक्षण गर्न, गरीबी निवारण गर्न, पर्या–पर्यटन, जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण गर्न र दिगो जीविकोपार्जनका लागि घरबासले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter