कर्मचारी समायोजनका सबै प्रक्रिया पूरा गरिँदै

MoFALDकाठमाडौंँ, माघ २६ गते । सरकारले आउँदो फागुन ३ गतेभित्र कर्मचारी समायोजनका सबै प्रक्रिया पूरा गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा पु¥याएको र फागुन ३ गते भित्र कर्मचारी समायोजन टुङ्गिने समयसीमा अनुरुप काम गरिरहेको छ । फानुन ३ गतेकोे २१ दिनभित्र कर्मचारी तीनै तहमा पुगिसक्ने प्रावधान छ ।

सरकारले अहिलेसम्म ५६ जना सचिव, ६३४ सहचिव र ८४८ जना उपसचिवको समायोजन सम्पन्न गरेको छ । आइतबारसम्म बाँकी सबै उपसचिवको समायोजन हुने, दुई दिनभित्र शाखा अधिकृत र नायव सुब्बाको पनि समायोजन सकिने र त्यसपछि खरिदार लगायतका कर्मचारी समायोजन सम्पन्न गरिसक्ने गरी काम भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । सेवा, समूह र दरबन्दी नमिलेका कर्मचारीको पनि सेवा, समूह र दरबन्दी मिलाउने काम निरन्तर भइरहेको छ ।

सरकारले पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी कर्मचारीलाई सामयोजनका लागि निवेदन दिने समयावधि तोकेको थियो । त्यसको एक महिनाभित्र कर्मचारी समायोजन गरिसक्ने गरी सरकारले काम धमाधम गरिरहेको छ ।

कर्मचारी समायोजनका क्रममा ७७ हजार ३७४ जना कर्मचारीले समायोजनका लागि आवेदन दिइएका थिए । मन्त्रालयले समायोजनका लागि १२ वटा टोली निर्माण गरी कर्मचारीको पद, सेवा, समूह र उपसमूह अनुसार अध्यावधिक गर्ने र ज्येष्ठता एकिन गर्ने काम गरिहरेको छ ।

मन्त्रालयले समायोजन प्रणालीमा आबद्ध गर्न सहजीकरणका लागि सम्बन्धित सेवा, समूह र उपसमूहमा कार्यरत कर्मचारीको विभागीय कारबाही भए नभएको विवरण एकीन गर्ने काम निरन्तर गरिहेको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter