मनकारी डा जोशीको अभिनन्दन गरिँदै

schoolधनगढी, फागुन ६ गते । संयुक्त राज्य अमेरिकाको पश्चिम भर्जिनियाको फेयरमण्ट निवासी प्रा डा तुलसीराम जोशीले धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई रु ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

यो सहयोगसँंगै श्री राष्ट्रिय माध्यामिक विद्यालयको नाम परिवर्तन भई ‘श्री राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय’ हुने विद्यालयका प्रधानाध्यापक गणेशराज भट्टले जानकारी दिनुभयो । विद्यालयको आग्रहमा नगर शिक्षा समितिको सिफारिशमा धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले विद्यालयको नाम परिवर्तनका लागि निर्णय गरेपछि यो प्रकृयाले अन्तिम रुप लिएको हो ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा यही फागुन ९ गते जोशीप्रति सम्मान दर्शाउँदै नाम थप्न लागिएको हो ।

विद्यालय व्यवस्थापन समितिले वार्षिकोत्सवको अवसरमा दाता जोशीको नागरिक अभिनन्दन गर्ने भएको छ । नागरिक अभिनन्दनका क्रममा जोशीलाई धनगढी ट्राफिक चौराहादेखि विद्यालयसम्म रथयात्रा गराउने कार्यक्रम तय गरिएको छ ।

विद्यालयको नाम परिवर्तनका लागि दाताले ७० लाख रुपैयाँ दिनुपर्ने कानूनी प्रावधान छ ।

बझाङको व्यासी गाउँ पञ्चायत ९हाल छविस पाथिभेरा गाउँपालिका० को तामाखानीमा ८१ वर्षअघि जन्मनुभएका तुलसीराम भानुभक्त जोशी र महालक्ष्मी जोशीका जेठो छोरो हुनुहुन्छ ।

प्राथमिक विद्यालयको तह गाउँमै पूरा गर्नुभएका उहाँले मावि तहको पढाइ चैनपुरको सत्यवादी पाठशालामा पूरा गर्नुभयो । त्यसपछि काठमाडौँ पढ्दा पढ्दै छात्रवृत्ति पाएर ५४ वर्षअघि अमेरिका पुग्नुभएका उहाँले त्यहीबाट विद्यावारिधि गर्नुभयो । भूगोलमा त्रिचन्द्र कलेजबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका जोशीले हवाई युनिभर्सिटीबाट कृषि र भूगोलमा एमए गर्नुभएको थियो । त्यसपछि उहाँले पिट्सबर्ग युनिभर्सिटीबाट अर्वान एण्ड इकोनोमिक्स स्टडिजमा विद्यावारिधि गर्नुभयो । पढाईसँंगै उहाँले फेयरमण्ट स्टेट युनिभर्सिटीमा भूगोल विभागमा सन् १९७२ देखि प्राध्यापन गर्नुभएको थियो ।

उहाँले अमेरिकामा रहेर पनि सुदूरपश्चिमको शिक्षा क्षेत्रको उन्नयनका लागि लामो समयदेखि सहयोग गर्दैआउनु भएको छ ।

विगत ३० वर्षदेखि बझाङका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएका जोशीले यो अवधिमा १५ जनाभन्दा बढीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गर्नुभएको छ । त्यस्तै, उहाँले नेपालका ४० जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिलाएर अमेरिकामा पढ्ने व्यवस्था मिलाइदिनु भएको छ ।

उहाँले बझाङका विद्यालयहरुमा समेत अक्षयकोष स्थापना गर्नुभएको छ । शान्ति मावि चौघान पाटालाई बुबा भानुभक्त जोशीका नाममा र बान्नीचौर उच्च माविलाई आमा महालक्ष्मी जोशीका नाममा अक्षयकोष स्थापनार्थ उहाँले रु १२÷१२ लाख प्रदान गर्नुभएको छ । त्यस्तै, सत्यवादी उच्च माविमा ठूलो बुबा देवीभक्त जोशीका नाममा अक्षयकोष स्थापना गर्ने योजना उहाँको योजना छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter