सामाजिक सुरक्षा कोषको रकम राख्न बैङ्कको खोजी

सीता शर्मा / काठमाडौँ, फागुन १३ गते । सरकारले सामाजिक सुरक्षाकोषमा सङ्कलन भएको रकम खुला प्रतिस्पर्धामा छनोट भएका ‘क’ वर्गका बैङ्कमा राख्ने तयारी गरेको छ । यसअघि सीमित बैङ्कमा मात्रै रकम राख्दै आएकोमा अब भने ‘क’ वर्गका सबै बैङ्कमा लगानी गर्न सक्ने गरी प्रस्ताव आह्वान गरेको छ ।

कोषको रकम (वाणिज्य बैङ्कहरूमा) लगानी गर्नेसम्बन्धी कार्यविधि २०७५ अनुसार सो रकम लगानी गर्न लागिएको सामाजिक सुरक्षा कोषले जनाएको छ । सामाजिक सुरक्षा ऐनअनुसार श्रमिकका विभिन्न सुविधाका लागि कोषमा जम्मा भएको रकम लगानी गर्न सकिने छ । samajik

कोर्षका निर्देशक एवं प्रवक्ता रमा भट्टराईले कोषको रकम अन्य तोकिएका क्षेत्रमा पनि लगानी गर्न सकिने भए पनि हाललाई भने ‘क’ वर्गका वाणिज्य बैङ्कहरूमा लगानी गर्न प्रस्ताव आह्वान जानकारी दिनुभयो । कोषले रकम लिन चाहने वाणिज्य बैङ्कलाई लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई आवेदन दिन प्रस्ताव गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

कोषको रकम लिन चाहने बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट तोकिएको न्यूनतम चुक्ता पुँजी पु¥याएको र न्यूनतम पुँजीकोष अनुपात (११ प्रतिशत वा सोभन्दा बढी) कायम गरेको हुनुपर्ने, बैङ्कको निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने उल्लेख छ ।

यस्तै कोषको रकम प्राप्त गर्न बैङ्कको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने, कर्जा

(स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, अघिल्लो आर्थिक वर्षमा कर्जा नोक्सानी व्यवस्थापछि सञ्चालन मुनाफामा रहेको हुनुपर्नेलगायतका सर्त पूरा गरेको हुनुपर्ने छ । प्रवक्ता भट्टराईले कोषको कार्यविधिमा उल्लेखित सर्त पूरा गरेका तर अधिकतम ब्याजदर दिने वाणिज्य बैङ्कमा लगानी गर्न सक्ने गरी प्रस्ताव आह्वान गरिएको बताउनुभयो । कोषमा रहेको लगानीयोग्य रकमलाई वाणिज्य बैङ्कको मुद्दती निक्षेप र दीर्घकालीन निक्षेपका रूपमा जम्मा गर्न सकिने उहाँले बताउनुभयो ।

कोषका अनुसार श्रमिकको कल्याणकारी कोषमा झन्डै २० अर्ब रुपियाँ जम्मा भइसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter