• Friday, May 02, 2025

अपाङ्गतामैत्री कानून बनाइने

विराटनगर, चैत २५ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भन्नुभयो । उहाँले एउटा सानो समूह संविधान बाहिर रहेर गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाइसकेकाले ती समूह पनि निकट भविष्यमा राष्ट्रिय राजनीतिको मूलधारमा आउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक महाङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएकाले अहिले पनि धेरै समस्या झेलिरहेकाले सरकार यसतर्फ गम्भीर हुनुपर्छ भन्नुभयो । महासङ्घका महिला उपाध्यक्ष टीका दाहाल र डेनमार्क अपाङ्ग महासङ्घका प्रतिनिधि रेणु लोहनीले अपाङ्गता भएकालाई दया होइन अवसर दिनुपर्छ भन्नुभयो ।

चैत २६ गतेसम्म चल्ने सो महाधिवेशनमा प्रतिनिधि ७१० र पर्यवेक्षक ६० जना छन् । देशभरमा महासङ्घमा अपाङ्गताको क्षेत्रमा काम गर्ने ३३१ वटा सङ्घ संस्था आवद्ध रहेको राष्ट्रिय अपाङ्ग महाङ्घ नेपालका कर्मचारी ईश्वर रैलाले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter