वनस्पतिको व्यावसायिकखेती आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, चैत २९ गते । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनस्पतिको व्यावसायिकखेती विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति दिवसको अवसरमा उहाँले नेपालमा पछिल्लो समय खेतीयोग्य जमीन खाली रहेकाले ती स्थानमा जडीबुटीको व्यावसायिकरण गर्न जरुरी रहेको बताउनुभयो ।

“राज्यको एकल प्रयासले मात्र यो अभियान सम्भव हुदैन, निजी क्षेत्र र सम्पूर्ण नागरिकको सहकार्यमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले आगामी दिनमा थप जिम्मेवारीपूर्वक र मेहनेतका साथ वनस्पति संरक्षण र विस्तारसँगै अनुसन्धानमा निरन्तर लाग्न विभागका कर्मचारीलाई आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले पछिल्लो समय नेपालले अनुसन्धानात्मक कार्यबाट वनस्पतिको स्रोत पहिचान र संरक्षणमा ठूलो फड्को मारेको उल्लेख गर्दै यसलाई अझै प्रभावकारी बनाउन जडीबुटी खेतीतर्फ जनसाधारणलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

विभागका महानिर्देशक सञ्जिवकुमार राईले नयाँ प्रविधि र सोचका साथ वनस्पितिको संरक्षणका लागि विभिाग निरन्तर लागिरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “नयाँ खोज अनुसन्धान गर्न सके आर्थिक उपार्जनसँगै रोजगारीको अवसर प्रदान हुने थियो ।”

यसवर्ष कर्णली प्रदेशलाई जडीबुटी जोन घोषणा गरिएको विभागका उपमहानिर्देशक मोहनदेव जोशीले जानकारी गराउनुभयो । हाल नेपालमा सात सय प्रजातीका वनस्पति छन् । वनस्पति क्षेत्रको खोज, अनुसन्धान र प्राध्यापनमा पु¥याउनुभएको योगदानको कदर गर्दै यसवर्षको राष्ट्रिय वनस्पति पुरस्कारबाट वनस्पति विभागका प्रोफेसर डा सङ्गिता राजभण्डारीलाई प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ठ काम गर्ने छ कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको छ । यस वर्षको नारा ‘वनस्पतिको उपयोग र व्यापार समृद्विको आधार’ रहेको छ । विभागका वैज्ञानिकले गतवर्ष साबुन बनाएका थिए भने यसवर्ष जुम्ला र कोशी नाम गरेका अत्तर बनाएका छन् । आगामी वर्ष तराई क्षेत्रमा बढी उपयोग हुने लामखुट्टेको टोकाइबाट बच्ने औषधि बनाउने विभागले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter