बेल्ट एण्ड रोड इनिशिएटिभ ‘बिआरआई’ नेपालको समृद्धिमा

काठमाडौँ, वैशाख ४ गते । चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’ ले नेपालको समृद्धिमा सघाउने एक जना चिनियाँ प्राध्यापकले बताएका छन् ।

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले बुधबार राजधानी गरेको एक कार्यक्रममा उनले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा साकार पार्न मद्दत गर्ने बताए ।

पेकिङ विश्वविद्यालयका प्राध्यापक वाङ डङले बिआरआईअन्तर्गत निर्माण हुने भौतिक पूर्वाधारले नेपालको विकासमा सघाउने छन् भने एशियाली पूर्वाधार लगानी बैंकजस्ता वित्तीय संस्थाले विकास–निर्माणका निम्ति आवश्यक पूँजी जुटाउने बताए ।

नेपाल मात्र नभई बिआरआईमा आबद्ध सबै देश लाभान्वित हुने र त्यसले ती राष्ट्रको राष्ट्रिय अर्थतन्त्रलाई उजिल्याउँदै आर्थिक वृद्धिमा बढोत्तरी गर्ने उहाँले बताउनुभयो । प्रतिष्ठानका प्रमुख भाष्कर कोइरालाले चीनले हासिल गरेको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरक छ भन्दै उसका अनुभवबाट नेपालले सिक्नुपर्नेमा जोड दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter