• Saturday, May 03, 2025

जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने

जनकपुरधाम, वैशाख ६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने बताउनुभएको छ । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आज धनुषा जिल्लाको छ स्थानमा सडक निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री महासेठले सरकार भाडामा रेल इञ्जिन र डब्बा लिई चलाउने पक्षमा नरहेको स्पष्ट गर्नुभयो ।

जनकपुर–जयनगर रेल सञ्चालन सन्दर्भमा दुई दिनभित्र भारतीय र नेपाली प्राविधिक टोलीले अध्ययन गर्ने र साताभरमा सहमतिका बिन्दुमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले रेल सञ्चालनमा राजनीतिकरणले अस्पष्टता देखिएको धारणा राख्नुभयो ।

मन्त्री महासेठले सरकार आफ्नै देशको धरातलीय परिवेशअनुसारको ध्वजावाहक रेल सञ्चालन गर्ने पक्षमा रहेको छ भन्नुहुँदै उहाँले सरकार एक वर्षको अवधिमा नेपालकै इतिहासमा कहिल्यै नभएको विकासका गतिविधि सम्पन्न गरेको जानकारी दिनुभयो ।

सङ्घीयता खतरामा छ भन्ने कुरामा सत्यता नरहेको बताउँदै उहाँले सङघीयतालाई संस्थागत गर्न विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढाउनु जरुरी छ भन्नुभयो । मन्त्री महासेठले कम्युनिष्ट मधेश विरोधी भएको भ्रमलाई सरकारले चिर्दै सम्पूर्ण ध्यान प्रदेश नं २ मा केन्द्रित गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत पूर्व पश्चिम राजमार्ग लालगढ प्रहरी चौकी दक्षिण चौलिखा, पे्रमनगर, रामनगर, सिंग्याही, धर्मपुर हुँदै जनकपुर रामानन्द चोक जाने सडक (३० किलोमिटर, करीब ५० हजार बढी जनसङ्ख्या लाभान्वित हुने), लालगढ (पुलिस चौकी), तुलसी रानीवास सिन्धुली जाने सडक (१५ किलोमिटर, करीब ३५ हजार जनसङ्ख्या लाभान्वित हुने) र बेङ्गाडाबर सार्वजनिक पोखरी हुँदै महोत्तरी सीमा, चौलिखा बजार जाने सडकको ( १५ किलोमिटर, करीब ३० हजार जनसङ्ख्या लाभान्वित हुने) शिलान्यास गरिएको हो ।

त्यस्तै जानकी मेडिकल कलेजदेखि रमदैया, मिथिलेश्वर, मौवाही, इनर्वा, सबैला, पटेर्वा, कमला सिरहा जिल्ला जोड्ने सडक, सपही निकालदेखि भङ्गाहा हुँदै राष्ट्रिय धानवाली अनुसन्धान केन्द्र, बनिनिया उच्च माध्यमिक विद्यालय जाने सडक र मिथिलेश्वर मौवाही वडा नं १ को हाइवेको प्रतिक्षालयदेखि पुरानो बजार हुँदै पुरन्दाहासम्म जाने सडकको पनि शिलान्यास गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter