• Saturday, May 03, 2025

दीगो विकास लक्षित विद्यार्थी म्यागेजिन ‘म्यानेजमेन्ट स्कलर्स’ विमोचन

काठमाडौँ, वैशाख ७ गते । दीगो विकासको विषयलाई समेटी विद्यार्थी म्यागेजिन ‘म्यानेजमेन्ट स्कलर्स’को सातौँ अङ्क आज काठमाडौँको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा विमोचन गरिएको छ ।

उक्त म्यागेजिनको विमोचन कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बी.सी.ले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बी.सी.ले सरकारले चाँडै नै अनुसन्धान र प्रयोगात्मक ढाँचाको नयाँ शिक्षा प्रणाली देशभर लागु गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले प्राज्ञिक अनुसन्धानलाई व्यावसायिक क्षेत्रसँग पनि तादम्य मिलाउनुपर्ने कुरामा जोड दिनुभयो ।

वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण रेग्मीले डिजिटल युगमा पनि यस किसिमका म्यागेजिनको महत्वमाथि प्रकाश पार्नुभयो । कलेजका का.मु. प्रधानाध्यापक राजु कट्टेलले विद्यार्थी तहबाट भएको यस प्रयासको सराहना गर्नुहुँदै यसले शैक्षिक गुणस्तर र विद्यार्थीलाई व्यक्तिगत रूपमा पनि फाइदा हुने बताउनुभयो ।

कान्तिपुर सिटी कलेजमा बीबीए कार्यक्रममा अध्ययरत २०१४ ब्याचका विद्यार्थीद्वय सुनिता थापा र मनिला कार्कीको संयोजकत्वमा यस म्यागेजिनको प्रकाशन भएको हो भने कार्यक्रम २०१५ ब्याचको सहयोगमा आयोजना गरिएको हो । कार्यक्रममा उद्घोषण २०१५ ब्याचका निलिशा बजिमय र तिलक बहादुर बि.क.ले गरेका थिए ।

इतिहासकार तथा कलेजका संस्थापक हेमन्त समशेर राणाको सभापतित्वमा आयोजित कार्यक्रममा कलेजका तर्फबाट अध्यक्ष सुमन कटवाल, प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, सञ्चालक निर्देशक मिना कार्की, प्रमुख प्रशासक राजीव तिमल्सिना तथा बीबीएका कार्यक्रम संयोजक अम्बिका देउजा कुँवरले सम्बोधन गर्नुभएको थियो ।

यस प्रकाशनमा मुख्यतः आँचल ट्रेडिङ प्रा.लि., सफ्टवेरिका कलेज अफ आइ.टी. एण्ड इ–कमर्स, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैङ्क, माछापुच्छ्रे बैङ्क लिमिटेड, राज मिडिया एण्ड मार्केटिङ, ब्लुस्काइ एजुकेसन एण्ड स्टुडेण्ट कन्सल्टेन्सी सर्भिसेज, इस्टर्न एजेन्सिज प्रा.लि., सफल सप्लायर्स, नियोस्फेयर, क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट र कान्तिपुर सिटी कलेजले प्रायोजन गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter