• Friday, May 02, 2025

नेकपा स्थापनाको ७० औं बार्षिकोत्सव समारोह

काठमाडौं, वैशाख ९ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले राणा, राजा र पञ्चायविरुद्ध लडेकै कारण आज सही ठाउँमा आइपुगेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘असमानताविरुद्ध, थिचोमिचो र शोषणकाविरुद्ध लडेर आज यो ठाउँमा आइपुगेका हौैँ, त्यसैले कसैले राजतन्त्र ब्यूँताउने सपना देखेको भए त्यो केवल सपना मात्र हुनेछ ।’

नेकपा स्थापनाको ७० औं बार्षिकोत्सव समारोहलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधामन्त्री ओलीले ७० वर्षको संघर्षपछि मात्र नेपालमा लोकतन्त्र प्राप्त भएको स्मरण गर्नुभयो ।

“कोही पनि जन्मिदै ठूलो र राजा नभइहाल्ने भएकोले अब यो मुलुकमा राजतन्त्र व्यूँताउने सपना नदेख्न म साथीहरुलाई आग्रह गर्दछु” उहाँले जोड दिएर भन्नुभयो ।

वामपन्थीका लागि मात्रै नभएर सिङ्गो देशका लागि आजको दिन खुशीको क्षण भएको भन्दै उहाँले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियतको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाईमा पु¥याएको स्पष्ट पार्नुभयो ।

उहाँले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताकाबिरुद्ध सरकार निर्मम ढंगले अघि बढ्ने पनि बताउनुभयो ।

सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताका पक्षमा आफ्नो पार्टी दृढ भएको भन्दै पार्टी एकताले जग अझ बढी मजबुत भएको बताउनुभयो ।

त्यसैगरी, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्टहरु वैचारिक, राजनीतिक र सांगठनिक रुपमा आक्रामक ढंगले अघि बढी रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेकपालाई अन्तर्राष्ट्रिय समुदायले सकारात्मक ढङ्गबाट हेरिरहेको बताउँदै भन्नुभयो–‘‘यो पार्टीप्रति संसारभरिका न्यायप्रेमी जनसमुदाय, मुख्यतः श्रमजीवी र संसारभरिका कम्युनिष्टहरुको सकारात्मक ढङ्गले नेपालको नयाँ पहलकदमीप्रति गहिरो गरी अवलोकन गरिरहेको स्थिति छ ’’

उहाँले नेपालभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलन, एकता र स्थितिलाई कसरी कमजोर पार्न सकिन्छ भनेर अनेक किसिमका तानाबाना बुन्नेहरु सक्रिय भएको बताउनुभयो ।

राष्ट्रिय स्वाधीनता सुदृढ गरेर जनताको अपेक्षालाई सम्बोधन गर्ने र सामाजिक न्यायसहित समाजवादको आधार निर्माण गर्ने तथा समाजवादको दिशातर्फ नेपाली समाजलाई डो¥याउने राष्ट्रिय जिम्मेवारी नेकपालाई रहेको उहाँले आंैल्याउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter