• Friday, May 02, 2025

‘सामुदायिक भवन निर्माण’

गोरखा, वैशाख ११ गते । गोरखाको शहीद लखन गाउँपालिका–७ मा ३ वटा भूकम्प प्रतिरोधी नमूना सामुदायिक भवन निर्माण सम्पन्न भएको छ ।

गाउँपालिकाको चिलौने चौतारा, लाखेडाँडा र देउरालीमा कूल रु ६४ लाख ६० हजार ४७१ को लागतमा सामुदायिक भवन निर्माण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । पद्धति विकास सेवा केन्द्रको आर्थिक सहयोगमा निर्माण भएको तीनवटै भवनमा तीनवटार सुविधा सम्पन्न शौचालय निर्माण गरिएको उहाँले बताउनुभयो ।

‘वडा भित्रका भूकम्प पीडितलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न तालीम दिएर उनीहरुबाटै भूकम्प प्रतिरोधी सामुदायिक भवन निर्माण गरिएको हो, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “नमूना सामुदायिक भवन स्थानीय खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, महिला समूहलगायतले उपयोग गर्नेछन् ।”

वडाको चिलौने चौतारामा बनाइएकोे भूकम्प प्रतिरोधी घरका लागि तालीम खर्चसहित कूल रु २१ लाख छ हजार १४६खर्च भएको उहाँले बताउनुभयो । “चौतारामा निर्माणका भएको भवनमा तालीम खर्चरु सात लाख ३१ हजार ६० र सामग्रीका लागि रु १३ लाख ७५ हजार ८६ खर्च भएको छ” उहाँले भन्नुभयो ।

चिलौने चौतारमा निर्माण भएको नमूना भवन उज्यालो निगरानी आमा समूहले प्रयोग गर्ने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै लाखेडाँडामा निर्माण भएको नमुना घरका लागि तालीम बापत खर्च रुसातलाख ३८ हजार ५३० र शौचालयसहितको सामग्री खर्च रु १४ लाख २० हजार २०२ भएको उहाँको भनाइ छ । लाखेडाँडामा निर्माण भएको नमूना भवनका लागि तालीम र सामग्री खरीद गरी कूल २१ लाख ५८ हजार ७३२ खर्च भएको छ ।

उक्त भवन लाखेडाँडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपयोग गर्ने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै देउरालीमा निर्माण गरिएको भवनका लागि तालीमवापतछ लाख ५६ हजार ७६० र सामग्री खरीदका लागि रु १५ लाख ३८ हजार ८३३ खर्च भएको उहाँको भनाइ छ ।

श्रेष्ठले देउरालीमा निर्माण गरिएको भवनका लागि कूल रु २१ लख ९५ हजार ५९३ लागेको जानकारी दिनुभयो । उक्त भवन देउराली आमा समूहले प्रयोग गर्ने गरी समुदायलाई हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter